‘अमेरिकामा नेपाली अनुशासित छन्’ – होजे पराल्टा, स्टेट सिनेटर


प्रकाशित मिति : मंसिर १८, २०७४ सोमबार

न्युयोर्कको क्वीन्स अमेरिकामा नै सबैभन्दा धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो । यहाँको ज्याक्सन हाइट एरियामा प्रसस्त नेपाली व्यवसाय देख्न सकिन्छ जसलाई अमेरिकामा मिनी नेपाल पनि भनिन्छ । सोही क्षेत्रलाई प्रतिनिधित्व गर्नुहुने न्युयोर्क राज्यका सिनेटर होजे पराल्टासँग पत्रकार किरण मरहठ्ठाले विविधतामा एकताले भरिएको अमेरिकी समाज र त्यसमा नेपालीको सरोकारका बारेमा कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ सो कुराकानीको सार ।

तपाईले प्रतिनिधित्व गर्ने न्युयोर्क क्षेत्र नम्बर १३ अमेरिकामा सबैभन्दा धेरै नेपालीको आवादी भएको क्षेत्र हो । यस क्षेत्रको विविधतालाई कसरी व्याख्या गर्न चाहनु हुन्छ ?

म यसलाई संयुक्त राष्ट्र संघकै स्वरुप मान्दछु । वास्तवमा यो राष्ट्र संघ जस्तै संसारका धेरै देशका मानिसहरुको साझा थलो भएको छ जो विश्वको जुनसुकै कुनाबाट आएर बसेका भएता पनि यो क्षेत्रलाई आफ्नो घर मान्दछन् । विविधताले हामीलाइ बल दिएको छ । म यो जिल्लालाई प्रतिनिधित्व गर्न पाएकोमा गर्व गर्दछु । विश्वका अन्य भूभागमा बेमेल भएका समुदायका मानिसहरु पनि यहाँ मिलेर बसेका छन् । हामीले एक अर्कालाई सम्मान गर्ने हुनाले नै यो सम्भव भएको हो । यहाँ सबैको आधारभूत आवश्यकता र प्राथमिकताहरु छन् । हामी सबै रोजगार, गुणस्तरिय शिक्षा, स्वास्थ्य सेवा, आफ्नो घर र बालबालिकाको उज्वल भविश्य चाहन्छौँ । जव हामी एकै समुदायको रुपमा बाचेका हुन्छौँ तव मात्र यो सम्भव हुन्छ जुन मेरो क्षेत्रमा भैरहेको छ ।

संसारका फरक जातजाति, भाषा, संस्कृती र भूगोलका मानिसलाई संयोजन गर्दै उनीहरुको मौलिक पहिचानलाई संरक्षण गर्ने तपाइको योजनाहरु के के छन् ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैभन्दा पहिला हामीले उनीहरुको संस्कृतिको पहिचान गर्नु पर्दछ । उनीहरुको आफ्नो आदिथलोमा कस्तो सामाजिक आर्थिक र संस्कृतिक अभ्यासमा थिए र यहाँ के अपेक्षा गर्दछन् भन्ने बुझ्नु अति जरुरी छ । त्यसको लागी मिडिया, पुस्तक, सिनेमा, खाना वा व्यक्तिगत संम्पर्क मार्फत जानकारी लिन सकिन्छ । तर मुख्य कुरो उनीहरु यो देशमा गुणस्तरीय जिवन बाँच्न आएका हुन् । उनीहरु अमेरिकन ड्रिम साकार पार्न चाहन्छन् भन्ने कुरा आधारभूत रुपमा बुझ्नु पर्दछ । तसर्थ हामीले उनीहरुको राम्रो जिवनको लागी काम गर्नुपर्छ । उनीहरुलाई साना व्यवसायमा सहयोग गर्नु, सरसफाइमा ध्यान दिनु, उनीहरुका बालबालिका राम्रो स्कुलमा पढिरहेका छन् भन्ने भरोसा दिलाउनु पर्छ । साथै उनीहरुमाथि कुनै प्रकारको अन्याय, असुरक्षा र विभेद हुदैन भन्ने विश्वास दिलाउनु नै हाम्रो प्रमुख कतब्र्य हो । हाम्रो संघिय प्रसाशनको धारा ४५ ले यो बारेमा धेरै बोलेको छ । यदि कसैले विभेद गर्दछ भने त्यो हाम्रो लागी मान्य हुने छैन ।

जनतालाई राजनीतिक रुपमा निर्णायक तहमा पुर्याउन तपाइले कुनै योजनाहरु बनाउनु भएको छ ?

राम्रो प्रश्न गर्नुभयो, हामी याहाँका सबै जनतालाई यो क्षेत्रको राजदुत भन्दछौँ । हामी जनतालाई राजनीतिक र नागरिक सहभागिताका कार्यक्रमहरुमा बढि भन्दा बढि सहभागिताको लागी प्रोत्साहित गर्दछौँ ताकी उनीहरुले स्थानिय तथा राष्टियस्तरमा के भैरहेको छ भन्ने बारेमा जानुन र आफ्ना विचार राखुन् । विशेष गरि सामुदायीक बोर्डको कार्यक्रम, निर्वाचित जनप्रतिनिधिका कार्यक्रमहरु र न्यूयोर्क पुलीसका कार्यक्रमहरुमा जनताको उच्च सहभागीताको लागी हामी उत्प्रेरित गर्दछौँ । हामी आफैँ पनि राज्यका विभिन्न नीति निर्माणको क्रममा समयमा उनिहरुको अभिमत लिन टाउनहल मिटिगंहरु आयोजना गर्दछौँ । हाम्रा क्रियाकलापहरुले उनिहरुलाइ राज्यका विविध नीतिनिर्माणमा सहभागीता जनाउने मात्र होइन नेतृत्व विकासको अवसर पनि प्रदान गर्दछ ।

तपाइले न्यूयोर्क राज्यमा विगत ७ बर्षदेखि प्रतिनिधित्व गर्नुभयो, तपाइको कार्यकालका मुख्य उपलब्धिहरुलाई कसरी उल्लेख गर्न चाहनु हुन्छ ?

हामी धेरै सफल भयौँ भन्ने मलाइ लाग्दछ । मुख्य गरि हामीले न्यूनत्तम ज्याला बृद्धि गरेर प्रतिघण्टा १५ डलर बनाउन सक्यौँ । तलबी विदाको अवधिलाइ लम्ब्याउन सक्यौँ । अब कसैले पनि जरुरत हेरेर १२ हप्ता सम्मको पारिवारिक तलबी विदा लिन सक्छन् जुन अमेरिकाकै अन्य राज्य भन्दा धेरै हो । डिपोर्टेशनको प्रकृयामा रहेकाहरुको लागी हामीले १० मिलियन डलरको कोष बनाएका छौँ, अव त्यस्ता मानिसहरुले वकिलको लागी तिर्नुपर्ने शुल्क राज्यले तिरिदिने छ । गतबर्ष मात्र हामीले एक दशमलब एक विलियन डलर स्कुलको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागी विनियोजन गरेका छौँ । हामा सरकारी कार्यलयहरुमा कुनै प्रकारको विभेदका विरुद्धको कानूनी सेवाका वकिलहरु निशुल्क उपलब्ध गराएका र्छाैँ । हामीले सामुदायीक सेवामा लागेका विभिन्न संस्थाहरुलाई फण्ड उपलब्ध गराउने गरेका छौँ । हामीले सेवा दिने क्रममा कुनै पनि ब्यक्तिको आप्रवासन हैसियत सोध्ने गरेका छैनौ यसको अलाबा साना व्यवसायलाई दिइने अनुदान रकम बढाएका छौँ । मलाइ लाग्छ मेरो सात बर्ष सफल अवधि हो ।

भर्खरै केन्द्रिय सरकारले नयाँ करनीति पारित गरेको छ, यसमा तपाइको प्रतिकृया के छ ?

यो कर नीति गरिब मारेर धनि पोस्ने किसिमको भयो । यसले न्यूनआय भएका परिवारलाई त बर्बाद पार्छ नै मध्यम आय भएका परिवारलाई पनि राहत प्रदान गर्दैन । न्युयोर्कका गरिखाने समुदायलाई त झन यसले बर्बादै पार्छ । मलाइ विश्वास छ, हाम्रा सांसदहरुले क्यापिटल हिलमा यो बारेमा आवाज उठाउने छन् ।

साना व्यवसाय गर्न चाहने र न्यून आय भएका परिवारको सहायताको लागी तपाइको के कार्यक्रमहरु छन् ?

यसको लागी हामीले गर्भनर र राज्यस्तरका बैँकसंग मिलेर काम गरेका छौँ । निम्न आय भएका मानिसले व्यवसाय गर्न चाहेमा साना व्यवसायको लागी हामी अनुदान दिने गर्दछौँ । त्यतिले पुगेन भने न्युन ब्याजदरमा ऋण दिने र कर छुटको कार्यक्रम पनि छ । मुख्य कुरा साना पुजीँ भएका व्यवसायीलाई हामी तालीम र परामर्श सेवा पनि दिन्छौँ ताकि शुरु गरे पछि ब्याक हुनु नपरोस ।

तपाइको क्षेत्र अमेरिकामै सबैभन्दा धेरै नेपालीको बसोवास भएको क्षेत्र हो, नेपाली समुदायको बारेमा तपाइ कत्तिको जानकार हुनुहुन्छ ?

नेपालीहरुको बारेमा पर्याप्त त भन्दिन तर म धेरै जानकार चाहिँ छु । मेरो क्षेत्रमा नेपालीको संख्या द्रुत गतिमा बढेको छ जुन स्वागत योग्य कुरा हो । उनीहरुको उपस्थिति देख्दा मलाइ गर्व लागेको छ । मैले मुख्य गरी ज्याक्सन हाइटस् क्षेत्रमा नेपाली ब्यवसायहरु बढिरहेको देखेको छु । तर मलाइ थाहा छ व्यवसाय नगर्नेहरुको संख्या ठुलो छ । मैले नेपाली सामुदायीक संस्थाहरु र अन्य श्रोतबाट नेपालीको आवश्यकता के के छन् भन्ने बारेमा जानकारी लिने गरेको छु तर म अझ थप बुझ्न चाहन्छु जसले गर्दा थप सहयोग गर्न सकियोस ।

नेपालीहरुको स्वभाव र संस्कृतीको बारेमा तपाइको विश्लेषण के छ ?

म धेरै खुसी छु । धेरै मेहनती र स्वभिमानी स्वभावको पाएको छु । उनीहरु केही गर्नको लागी याहाँ आएका हुन् भन्ने थाहा छ । साना ब्यवसाय र सामाजिक काम मार्फत पहिचान स्थापित गर्दैछन् । जब आफ्नो देश छोडेर नयाँ ठाउँमा केहि गर्न सफल भएका छन् भने हामीले प्रसंशा गर्नै पर्छ । उनीहरु कुइन्सलाई आफ्नो घर जस्तै माया गर्दछन् । हाम्रो सरकारी कार्यक्रमहरुमा उनिहरुको सक्रिय सहभागिता रहने गरेको छ ।

तपाइलाई नेपालको बारेमा चाहिँ कत्तिको जानकारी छ ?

मलाइ केहि जानकारी छ । तर मैले नेपाली समुदायको बारेमा बढिभन्दा बढि जानकारी लिने कोशिस गरिरहेको हुन्छु । मलाइ नेपाली खानाको बारेमा थाहा छ र त्यो मेरो मन पर्ने खाना हो । नेपाली समुदायसंग भेटघाट र अन्तरकृया गर्ने काम भैरहेको छ जसबाट मलाइ नेपालको बारेमा जानकारी पनि बढिरहेको छ ।


नेपालीको लागी तपाइको केही बिशेष सन्देश छन् कि ?

नेपाली एक अनुशासित समुदाय हो । म विशेष गरि हामीले संचालन गर्ने सबैप्रकारका कार्यक्रमहरुमा सहभागिता बढाउन विशेष अनुरोध गर्दछु । आफ्नो मातृभूमी छोडेर याहाँ आउदा निश्चयनै नेपालमा के के भैरहेको छ भन्ने कुराको चासो हुन्छ तर तपाइहरुको जिवन र सपना याहाँ छ तसर्थ यो समाजलाइ राम्रो बनाउन कोशिस गरौँ । जनप्रतिनिधिका हिसाबले मैले गनुपर्ने कुनै पनि प्रकारको सहयोगको लागी म सदा तयार छु ।

नेपाल घुम्ने निम्तो आएमा के गर्नु हुन्छ ?

त्यो मेरो लागी खुसीको कुरो हो । म अवश्य जानेछु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com