प्यालेष्टिनीद्वारा अमेरिकी राजदूतावासलाई जेरुसेलम सार्ने निर्णयको विरोध


प्रकाशित मिति : मंसिर १६, २०७४ शनिबार

प्यालेष्टिनी स्वतन्त्रता संगठन (पिएलओ) को कार्यकारी समितिका सदस्य हनान आश्रावीले तेल अभिवमा रहेको अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने भनी आएको अमेरिकी विचारप्रति शनिबार विरोध जनाउनुभएको छ ।

सूचना तथा सस्ंकृति विभागका प्रमुखसमेत रहनुभएकी आश्रावीले भन्नुभयो, “अमेरिकाले राजदूतावासलाई जेरुसेलम सार्ने कदमले समग्र यस क्षेत्रमा अस्थिरता निम्त्याउने, शान्ति प्रक्रियालाई खल्बलाउने, यस क्षेत्रमा अमेरिकी भूमिकालाई अयोग्य सावित गर्ने तथा अतिवादको नयाँ लहर सिर्जना गर्नेछ ।”

“मलाई विश्वास छ यस्तो कदम कसैले पनि लिने छैन । यो कदम अत्यन्तै गैरजिम्मेवार तथा खतरनाक सावित हुनेछ,” उहाँले भन्नुभयो । उहाँले चेतावनीको श्वरमा थप्नुभयो, “राजदूतावास सार्ने कदम एकदम खतरनाक हुनेछ र धार्मिक बिषयका रूपमा उदाउने छ ।”

शुक्रबार प्यालेष्टिनी राष्ट्रपति मोहमद अब्बासका प्रवक्ता नबिल अबु रुदैनाहले अमेरिकाद्वारा जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिइनु वा तेल अभिभमा रहेको अमेरिकी राजदूतावास जेरुसेलम सार्ने कुरा “शान्ति प्रक्रियाको भबिष्य तथा यस क्षेत्रमा अस्थिरता निम्त्याउने उत्तिकै खतरनाक बिषय बन्नेछ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अवु रुदैनाहले इजरायल तथा प्यालेष्टिनी द्वन्द्वको न्यायपूर्ण समाधान भनेको पूर्वी जेरुसेलमलाई स्वतन्त्र प्यालेष्टाइनको राजधानी बनाउनुपर्नेमा जोड दिनुभयो । इजरायल तथा प्यालेष्टाइनबीच समाधान ल्याउन असफल हुनु भनेको विश्वका साथै यस क्षेत्रमा व्याप्त तनाव, अस्तव्यस्त र हिंसालाई निरन्तरता दिनुहुनेछ ।
सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने बिषयलाई आगामी बुधवार घोषणा गर्ने तयारी रहेको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com