नेजा द्वारा डिसीमा अन्तरक्रिया कार्यक्रम


प्रकाशित मिति : मंसिर १४, २०७४ बिहीबार

डिसी, उत्तर अमेरिकामा रहेका नेपालीमूलका पत्रकारहरूको साझा संस्था, नेपाल अमेरिका पत्रकार संघ, नेजाले डिसेम्बर १ तारिख शुक्रबारका दिन एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ अमेरिकाको भ्रमणमा रहेका नेपाल पत्रकार महॉसंघका पूर्व सभापति तारानाथ दाहालको उपस्थितीमा अपश्थितिमा नेजाले सो कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।

भर्जिनिया स्थित ग्लोवल नेपाल मिडिया हाउसको कार्यालयमा वेलुकी ६:३० बजे आयोजित सो अन्तरक्रियामा विश्व प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रता अभियानका एक अभियन्ता महॉसंघका पूर्व अध्यक्ष दाहालसँग पेशागत लगायत समसामयिक विषयमा अन्तर्क्रिया गरिने नेजाका अध्यक्ष भोला आचार्यले जानकारी दिनुभयो ।

नेजाका उपाध्यक्ष गुणराज लुईटेलले संयोजन गरेको कार्यक्रममा अध्यक्ष आचार्य, सल्लाहकार समेत रहेका बरिष्ठ पत्रकार योगेश उपाध्याय, संस्थापक अध्यक्ष एवं सल्लाहकार गिरीश पोखरेल लगायत डिसी मेट्रो क्षेत्रमा रहेका पत्रकारहरूका साथै समुदायका प्रतिनिधीहरूको पनि उपश्थिती रहने कार्यक्रम संयोजक उपाध्यक्ष लुईटेलले वताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रम सूचना !

मिति : डिसेम्बर १, २०१७ शुक्रबार ! समय : साझ ६:३० बजे बाट ८:३० बजे ! स्थान : ग्लोबल नेपाल मिडिया हाउसको कार्यालय , 14102 Sully Field Circle, Suite # 300, Chantilly, VA 20151

SOURCE : ENEPALESE

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com