हामी अमेरिकाको कुनै पनि भूभागमा आणविक बम प्रहार गर्न सक्ने भयौं : उत्तर कोरिया


प्रकाशित मिति : मंसिर १३, २०७४ बुधबार

मंसिर १३, २०७४-उत्तर कोरियाले अन्तर महद्वीप क्षेप्यास्त्रको सफल परिक्षण गर्दै त्यसले अमेरिकाको कुनै पनि क्षेत्रमा प्रहार गर्न अब आफू सक्षम भएको दाबी गरेको छ।

उत्तरको सरकारी टेलिभिजनले प्योङयाङको दाबी प्रस्तुत गर्दै अब आफू पूर्णरुपमा आणविक शक्ति सम्पन्न मुलुक भएको समेत बताएको छ।

उत्तर कोरियाले दाबी गरेअनुसार उसले ‘द ह्वासङ-१५’ नाम गरेको हालसम्मकै शक्तिशाली मिसाइल स्थानीय समय अनुसार बुधबार बिहान परिक्षण गरेको थियो। परिक्षणको क्रममा उक्त मिसाइल जापानी सीमामा भित्र प्रवेश गरी निस्तेज भएको थियो।

त्यहाँको सरकारी सञ्चार माध्यमबाट सार्वजनिक गरिएको विज्ञप्तीमा उत्तर कोरियाका शासक किमजोङ उनलाई उद्धृत गर्दै भनिएको छ- ‘अब हामी पूर्ण रुपमा आणविक र क्षेप्यास्त्र भएको मुलुक भएका छौं। शान्ति प्रिय राज्यका हिसाबमा हामी यसको प्रयोग विश्वमा शान्ति तथा स्थायित्व कायम गर्नका लागि मात्रै गर्ने छौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com