संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा भाग लिन मुख्यसचिव डा. सोमलाल सुवेदीको नेतृत्वमा एउटा टोली सोमबार राती त्यसतर्फ प्रस्थान गरको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका भ्रमण रद्द गरेपनि मुख्यसचिवको नेतृत्वमा टोली जानुलाई कुटनीतिक सुत्रहरुले आश्चर्यजनक रुपमा लिएका पाइएको छ ।
नेपाली टोलीको नेतृत्वका गर्नका लागि यसअघि नै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत न्यूयोर्क पुगिसकेका छन् । महासंघमा भाग लिन प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा एउटा जम्बो टोली जाने तयारी भए पनि उनले अन्तिम समयमा आएर भ्रमण रद्द गरेपछि अमेरिका जाने टोलीको कटौती भएपनि केही भने प्रस्थान गरेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।