मंसिर १२ काठमाडौँ– नेपाली काँग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारका मिर्गौला र छातीमा समस्या देखिएको छ ।
उनको स्वास्थ्य गम्भीर बनेपछि उनलाई छिटोभन्दा छिटो भारतको कलकत्ता लैजाने तयारी परिवारले गरेको उनीसँगै अस्पतालमा रहेका काँग्रेस नेता एवम् पूर्वसांसद पुरुषोत्तम बस्नेतले जानकारी दिए ।
पूर्वमन्त्री ताम्राकारको स्वास्थ्यावस्था गम्भीर भएकाले आजै लैजाने तयारी गरिए तापनि अक्सिजन लगाई लैजानुपर्ने भएकाले सम्भव नभएकाले लैजान नसकिएको बस्नेतले जानकारी दिए। पाँच दिनअघि ललितपुर, पुल्चोकस्थित निदान अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।