हिउँदमा गत वर्षको भन्दा लोडशेडिङ ‘नबढ्ने’


प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

नेपाल विद्युत् प्राधिकरणले उत्पादनमा कमी र भारतबाट आयात हुने बिजुलीमा केही कटौती हुने भए पनि यसपालि हिउँदमा गत वर्षको भन्दा लोडशेडिङ नबढ्ने बताएको छ।

भारतीय सर्वोच्च अदालतले प्रदूषण नियन्त्रणका लागि भन्दै पेट्रोकोक र फर्नेस आयलबाट उत्पादित विद्युत्‍मा रोक लगाउन राज्य सरकारहरुलाई आदेश दिएसँगै करिब ५५ मेगावाट बिजुली भारतबाट आउन रोकिएको थियो।

यद्यपि औद्योगिक क्षेत्रमा हुने विद्युत् कटौती भने बढ्न सक्ने प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

सबैभन्दा बढी विद्युत् खपत हुने समयमा झण्डै १५ सय मेगावाट माग रहेको भए पनि हाल ७ सय मेगावाटको हाराहारीमा मात्र आन्तरिक उत्पादन र ३ सय ५० मेगावाटको हाराहारीमा भारतबाट आयात हुँदै आएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्युत महशुल बढाउने प्रस्तावको विरोध

कटौती

तर केही दिन अघि भारतीय सर्वोच्च अदालतले पेट्रोकोक र फर्नेस आयलबाट उत्पादित बिजुलीमा रोक लगाउन राज्य सरकारहरुलाई भनेसँगै टनकपुरबाट आउने ३० मेगावाट र मुजफ्फरपुर-ढल्केबरबाट आउने २५ मेगावाट कटौती भएको बताइएको छ।

हिउँदमा बढ्दै गएसँगै आन्तरिक उत्पादन समेत घटिरहेका बेला भएको कटौतीले अप्ठेरो परे पनि लोडशेडिङ नबढ्ने प्राधिकरणले जनाएको छ।

बिजुली

प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले भने, “मुख्य शहरहरुमा त हुँदैन नै। तराईमा गत वर्ष २/३ घण्टा सम्म भएको थियो, त्यसलाई पनि सुधार गर्ने प्रयासमा छौँ।”

हिउँदमा औद्योगिक क्षेत्रमा उच्च माग भएका बेला हुँदै आएको विद्युत् कटौतीलाई भने केही बढाउनुपर्ने अवस्था आउने बताइएको छ।

वैकल्पिक

हाल तीन घण्टाको दरले हुँदै आएको त्यस्तो कटौती केही घण्टा थप हुने र त्यो आवश्यक परे बिहान पनि लागू गर्नसक्ने प्राधिकरणले तयारी गरेको छ।

भारतबाट आयात रोकिएको बिजुलीको पनि वैकल्पिक व्यवस्थापनको काम भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए।

उनले भने, “किन्नुपर्ने विद्युत् कम भएको हो। हाम्रो खरिद सम्झौता कायम रहेकाले भारतीय पक्षले अर्को उत्पादनको खोजी गरिरहेको छ। त्यो पनि छिट्टै समाधान हुन्छ।”

चमेलिया जलविद्युत् आयोजनाबाट आगामी महिनासम्ममा विद्युत् थपिने र कुलेखानीबाट उत्पादन हुने बिजुलीले मागलाई व्यवस्थापन गर्ने योजना प्राधिकरणले बनाएको छ।

भारतको बिहारबाट आयात हुँदै आएको विद्युत् पनि केही बढाउन सकिने बताइएको छ।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com