पोखरामा ५०० सिसी क्यामेरा राखिने


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

पोखरालेखनाथ महानगरको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित छलफलमा पोखरालेखनाथलाई स्मार्ट सिटीका रुपमा विकास गर्न सिसी क्यामेरा पहिलो आवश्यकता भएकामा जोड दिइएको छ ।

स्मार्ट सिटीको निर्माणका लागि सुरक्षा पहिलो चुनौती भएको बताउँदै कार्यक्रमका वक्ताले सिसी क्यामेरा जडानसँगै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सुरक्षा नगरका लागि अक्सिजन जस्तै अपरिहार्य भएको बताउँदै सिसी क्यामेरा जडानले आपराधिक मानसिकता कमजोर बन्दै यसको न्यूनीकरणमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

सिसी क्यामेरा जडानको अभियान सकारात्मक भएको उल्लेख गर्दै उहाँले यसलाई नतिजामुखी बनाउन सुझाव दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोखरालेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्मार्ट सिटीको अवधारणालाई साकार पार्न सिसी क्यामेराको जडान आवश्यक भएको बताउनुभयो ।

सरोकार भएका निकायबीच सहकार्य गर्दै यस अभियानलाई साकार पार्दै लागिने बताउँदै उहाँले यसका प्राविधिक पक्षबारे बृहत् छलफल गरी अघि बढिने बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले प्रारम्भिकरुपमा महानगरभित्र ५०० सिसी क्यामेरा जडान गर्ने सोच राखिएको र यसका लागि लगभग रु पाँच करोड लागत लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत यस अभियानमा संघ हातेमालो गर्दै अघि बढ्ने उहाँले बताउनुभयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पर्यटकीय नगरी पोखराका लागि सुरक्षा प्रमुख चुनौती भएको बताउँदै सिसी क्यामेरा जडानसँगै यसलाई कसरी दिगो व्यवस्थापन गर्नेतर्फ बेलैमा सोच्नुपर्नेमा जोड दिनुभयो ।

(रासस)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com