बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

१० मंसिर, गोरखा । गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडी र नगद १ लाखसहित ती व्यक्तिहरुलाई जौबारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा गाडी चालक गोरखा-११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका-१० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ छन् । त्यसैगरी गोरखा नगरपालिका-६ का भरतकुमार श्रेष्ठ र गोरखा-८का खुशबहादुर थापासमेत पक्राउ परेका छन् ।

गाडीभित्र रहेको कालो रङको ब्यागमा नगद १ लाख रुपैयाँ भेटिएको आज राति १ बजे गोरखा जिल्ला क्षेत्र नम्बर-२ दुई अन्तर्गत शिरानचोक गाउँपालिका- ८ गोपालडाँडा स्थानीय युवाहरुले उक्त गाडी, नगद रकम र ५ जना युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको माओवादी केन्द्रका एक नेताले अनलाइनखबरलाई बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अजिरकोटबाट भालुस्वरातर्फ आउँदै गरेको ग २ च १७१५ नम्बरको जीप गाडीमा उक्त नगद र प्रचार सामाग्री भेटिएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ ।

‘एक लाख नगद र नयाँशक्तिका प्रचार सामाग्रीसहित राति शंकास्पद अवस्थामा उनीहरुलाई पक्राउ गरी कष्टडीमा राखिएको छ,’ गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले अनलाइनखबरसँग भने, ‘मौन समयमा उक्त गाडी र नगद कुन प्रयोजनका लागि लगिएको थियो भन्नेबारे अनुसन्धान हुन बाँकी छ, हामी सबै प्रहरीहरु चुनावी फिल्डमा खटिएका छौं, मतदान सकिएपछि उनीहरुमाथि अनुसन्धान अघि बढाइनेछ ।’

पैसा बाँडेको एकअर्कामाथि आरोप

बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले मतदाताहरुलाई पैसा बाँडेको र आचारसंहिता उल्लंघन गरेको जौबारीका स्थानीय माओवादी कार्यकर्ताले आरोप लगाएका छन् ।

नयाँ शक्तिका नेताहरुले भने पैसा बाँड्नलाई बोकेको नभई सो रकम कार्यकर्ता परिचालनका क्रममा उनीहरुका साथमा रहेका बुथ खर्च भएको बताएका छन् । मौन समयअघि गाडीमा राखिएका प्रचार समाग्रीहरु नियन्त्रण लिएर आचारसंहिता उल्लंघनको प्रचार गरिएको नयाँ शक्तिको दाबी छ ।

प्रहरीले नियन्त्रणमा लिएको गाडी नयाँशक्ति पार्टीका समानुपातिक उम्मदेवारको रहेको सो पार्टीले जनाएको छ ।

तर, नयाँ शक्ति पार्टीले मतलादाहरुलाई रक्सी र मासु खुवाउनेदेखि पैसा बाँड्नेसम्मका काम गरिरहेको माओवादी केन्द्रका नेताहरुले दाबी गरेका छन् ।

माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग भने- ‘बाबुरामजीका कार्यकर्ताबाट हाम्रा साथीहरुले पैसा बरामद गरिरहेका छन् । कतिपय ठाउँमा त एउटा झोलामा पैसा र अर्कोमा मासुसमेत बरामद भएको छ, उहाँहरु पैसा बाँडेर मतदातालाई प्रभावित बनाउन खोजिरहनुभएको छ ।’

उता श्रेष्ठका प्रत्यासी डा. बाबुरामले भने- ‘यो यथार्थ होइन, हामीले त्यसरी पैसा बाँड्ने कल्पना पनि गर्न सकिँदैन । बाबुरामको नेचर नै त्यस्तो होइन । बरु उहाँहरुले गाउँगाउँमा कति खर्च गरिरहनुभएको छ, हामीलाई थाहा छ ।’

Onlinekhabar

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com