घर फर्किने दिन कुर्दै लाखौँ रोहिङ्ग्या


प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार

म्यानमार सरकारले आफ्नो गल्ती लुकाउँदै आपूmहरुले रोहिङ्ग्यालाई राखिन राज्यबाट भगाउने र भाग्नुपर्ने कुनै त्यस्तो काम नगरेको दाबीगर्दै आएको छ, तर यता उनीहरु भने घर फर्किन पाउने साइतको पर्खाइमा रहेका छन् ।

हरेक दिन उनीहरुको प्रश्न हुने गर्छ हामी कहिले घर फर्किन पाउँछौँ ? यद्यपी गत बिहीबार बङ्गलादेश र म्यानमारबीच रोहिङ्ग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको ढाकाले जनाएको छ ।

विश्वबाट म्यानमारको रोहिङ्ग्या शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेको समय म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी र बङ्गलादेशका विदेश मन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा भएको बैठकले रोहिङ्ग्या शरणार्थीलाई फर्काउने प्रयास स्वरूप दुई महिनाभित्र पहल शुरु गर्ने सहमति भएको बैठक पछि जारी गरिएको संक्षिप्त विज्ञप्तिमा भनिएको अन्तरराष्ट्रिय समाचार समितिले जानकारी दिएको छ । तर यसको मिति भने तय भएको छैन । नत उता म्यानमार सरकारले सशस्त्र उनीहरुलाई आफ्नो थातथलोमा पुनःस्थापना गर्ने बाचा सार्वजनिक गरेको छ । हामीले उनीहरुलाई घर छोड्न बाध्य पारेको होइन, त्यसैले हामी आउ या जाउ पनि भन्न सक्ने अवस्थामा छैनौँ, यस्तै यस्तै हुने गर्दछ म्यान्माली अधिकारीको प्रतिक्रिया ।

म्यान्माली शरणार्थीहरुले बङ्गलादेशको तटीय सहर कोक्स बजारमा यतिखेर पाइला टेक्ने ठाउँ पनि छैन । यहाँको अस्थायी शिविर जस्तापाताले छाएको ठूलो सहरझैं भान हुन थालेको छ । बालबालिका, महिला, बृद्धबृद्धा र बिरामीलगायतका यी म्यान्माली रोहिङ्ग्यालाई बङ्गलादेशको प्रचण्ड गर्मी खेप्न प्रतिदिन कष्ट हुँदैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खानेकुरा छैन, बस्नका लागि भरपर्दाे टहराहरु पनि छैनन् । बृद्धबृद्धा र बालबालिकाको अवस्था यसले गर्दा झनभन्दा झन कष्टकर हुँदैछ । उनीहरुलाई खानेपानी र बिजुलीको सुविधा अत्यन्त कम छ । अनि टेलिफोन बोक्नबाट उनीहरु बञ्चित छन् । त्यसो त उनीहरुलाई बङ्गलादेश सरकारले मोबाइल फोन पनि उनीहरुले लिन नपाउने नियम बनाएको छ । उनीहरु आफ्नो शिवीर छोडेर बाहिर जान पाउदैनन् भने उनीहरुका महिला या पुरुषले बंगालीहरुसँग वैवाहिक सम्बन्ध राख्न पाउने झन कुनै भएन । औषधिको व्यवस्था छैन र प्रतिदिन बालबालिका झाडापखालाको विरामी पर्दैछन् । यसले गर्दा उनीहरुको जीवन प्रतिदिन झनै कष्टकर बन्दै गएको छ ।

म्यानमारको उत्तरी राखिन राज्यमा बसोबास गर्दै आएका म्यान्न्माली रोहिङ्ग्या मुस्लिम समुदायका लाखौँ नागरिक भागेर बङ्गलादशेमा शरणार्थीको रुपमा बसिरहेका छन् । उक्त समुदायमाथि म्यानमारको सरकारी सैनिकले आक्रमण गर्दा उनीहरु भाग्नुपरेको उनीहरुको भनाइ छ । म्यानमार सरकार भने यस्तो केही नभएको भन्दैछ । संयुक्त राष्ट्र संघका अनुसार म्यानमारको राखिन राज्यबाट गत अगस्त २५ बाट भागेका रोहिङ्ग्या मुसलमानको सङ्ख्या छ लाख २० हजार रहेका छन् । यी समूदायका व्यक्ति आफ्नो देश छोडेर जसोतसो बङ्गलदेशको शिविरमा गुजारा चलाउँर्दै आएका छन् ।

म्यानमार सैनिकको यातनाबाट त सुरक्षित नै भएतापनि बिरामी र कुपोषणको समस्याबाट दिनदिनै गल्दै गएको बताउछन् ती शरणार्थी । फोहोर पानीमा बालबालिका खाली खुट्टाले दिनभर खेलेको वा मानवमलमूत्र बग्ने खोल्साखोल्सीमा हिँडडूल गरेको जताततै देख्न सकिन्छ । शौचालय निर्माण अभियान अहिले जारी छ, तर पानीजन्य रोगको फैलावट रोक्न धेरै काम गर्नुपर्ने खाँचो रहेको अन्तरराष्ट्रिय संघसंस्था जनाउँदछन् । यद्यपी संयुक्त राष्ट्र संघलगायत अन्तरराष्ट्रिय संघसंस्थाका रोहिङ्ग्या म्ुसलमान समुदायलाई मानवीय सहयोगलगायतका सहयोग गदै आएका छन् ।

दशकौँपछि म्यानमारमा तीन वर्षअघि मात्र प्रजातन्त्रको आगमन भएको थियो । यतिखेर आङ सान सुकी नै म्यानमारको शासनको बागडोर सम्हाल्ने ठाउँमा हुनुहुन्छ । विगतमा सैनिक शासनका कारण र प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि त्यहाँको जुन्ता सरकारले गर्ने ज्यादतीका कारण सधैँजसो चर्चामै तर विश्व समुदायबाट लगभग अलग्गिएजस्तो रहने म्यानमारका बारेमा फेरि यतिखेर यो अर्काे चर्चा चुलिएको छ । म्यानमारमा प्रजातन्त्र ल्याउनको लागि गरेको सुकीको योगदान संसारलाई थाहा भएकै कुरा हो । म्यानमारको विदेशमन्त्री मात्र होइन, म्यानमार सरकारको राज्य सल्लाहकार पदमा रहनु भएका सुकीको अहिलेको त्यो भूमिका ती निरीह शरणार्थीका लागि भने केही काम लागेको छैन ।

तर सुकीले भने देशबाट रोहिङ्ग्या नामको एक जातिका नागरिक लखेटिएर विदेशमा शरणार्थी बन्नु परिरहेको दृश्य हेरिमात्र रहनुभएको भने प्रष्ट नै भएको छ । म्यानमारको राखिन प्रान्तमा बसी आएका रोहिङ्ग्या मुस्लिम समुदायका झन्डै सात लाख मानिस बङ्गलादेश बिस्थापित भएका छन् ।

यस रोहिङ्ग्या मुस्लिम जातिविरुद्धमा भएको हिंसालाई म्यानमार सरकारले नै जातिभेद नीति लिएको विश्व मानवअधिकार संस्था, एम्नेष्टी इन्टरनेशनलले दाबी गरेको छ । म्यानमारबाट लखेट्ने क्रममा त्यहाँको सेनाले उनीहरुका विरुद्धमा जातीय सफायाको नीति लिएको उक्त मानवअधिकारवादी संस्थाको आरोप रहेको छ । म्यानमारका सेना प्रमुखले भने उनीहरुलाई सरकारले लखेटेको नभई आफँै भागेका अडान राख्दै आएका छन् । तर किन त यसप्रकार लाखौँको संख्या व्यक्तिहरु आफ्नो देश छोडेर भाग्नु प¥यो यसको जवाफ भने सरकारसँग रहेको छैन् ।

उनीहरुमाथि लखेट्नेमात्र नभई हत्या, हिंसा र बलात्कारका हिंसाजन्य ज्यादतिहरु भएका छन् । उनीहरुका घरवासमा आगो लगाउनु एक दैनिककार्य जस्तो भएको छ । म्यानमारको राखिन राज्यमा के यो सरकारको नजरले देखेको छैन त ? एम्नेष्टी इन्टरनेशनलले हालैमात्र सार्वजनिक गरेको १०० पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा प्रश्न गरिएको छ । रोहिङ्ग्या जातीय समुदायलाई म्यानमारमा विगत लामो समयदेखि नै राज्यले विभेद गर्दै आएको र त्यसका विरुद्धमा उनीहरुले पनि सशस्त्र संगठन खोलेको पनि सो प्रतिवेदनमा उल्लेख छ ।

यी निराशाकाबीच उनीहरुमा गत बिहीबारको एउटा सानो समाचारले भने सानो भएपनि आशाको किरण थपिदिएको छ । उनीहरुलाई घर फर्काउने विषयमा म्यानमार र बङ्गलादेश सरकारकाबीचमा एक प्रारम्भिक सहमति भएको बताइएको छ । तर यो भरपर्दाे समाचार भने होइन । किनभने उनीहरुलाई के कसरी घर फर्काउने भन्ने बारेमा स्पष्ट खाका बनाइसकेका छैनन् । अनि अर्काे कुरा उनीहरु आफैले पनि सो घर फर्किनुअघि नै आफ्नो सुरक्षाको बारेमा प्रश्न पनि गरेका छन् । के उनीहरुका जलाइएका घरहरु फेरि बनाइन्छ ? के उनको परिवार सवैको सुरक्षा हुन्छ त ?

तर पनि बालबालिका हुन् वा बृद्धबृद्धा अहिले हरेक साँझ बिहान आफ्नो यो कष्टपूर्ण हालत सम्झिन्छन् र घर फर्किन पाउने प्रार्थना गर्दछन् । उनीहरुले घर कहिले फर्किन पाउँला भन्ने बाहेकको अर्काे बिकल्प केही देखेका छैनन् । विश्व समुदायको सद्भावका कारण पनि बिहीबारको सहमति साँचो रुपमा कार्यान्वयन होस र उनीहरुले घर फर्किन पाउने आशा पूरा होस भन्ने नै अहिलेको सबैको कामना हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com