८ मंसिर, बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवलको सैनामैना नगरपालिका–६, दुधराक्ष पुलमा ट्रक र यात्रुबहाक बस एकआपसमा ठोक्किँदा १९ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ ।
इलाका प्रहरी कार्यालय, बुटवालका डिएसपी पवन भट्टराईले अनलाइनखबरलाई दिएको जानकारी अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ९७७१ नम्बरको ट्रक र विपरित दिशाबाट आइरहेको ना ४ ख ७६७ नम्बरको बस एक आपसमा ठोक्किएको हो ।
घाइते १७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर दुई जनालाई थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पतल पठाइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।