आफूलाई उत्तर कोरियाली माझी भनेर चिनाउने आठ जना पुरुष चढेको एउटा डुङ्गा बगेर जापानको तटीय क्षेत्रमा पुगेको छ।
जापानी प्रहरीले ती पुरुषहरुलाई अकिता क्षेत्रमा अवस्थित युरिहोन्जो शहरमा रहेको माछा मार्न प्रयोग हुने एउटा सानो बन्दरगाह क्षेत्रमा बिहीवार अबेर फेला पारेको बताएका थिए।
कोरियाली भाषा बोल्ने ती पुरुषहरुले जापानी प्रहरीलाई आफूहरुको डुङ्गामा प्राविधिक समस्या आएको र त्यो जापानी तटीय क्षेत्रतर्फ बगेको बताएका छन्।
जापान सरकारले उनीहरु माझी भएको विश्वास गर्दै उनीहरु जासुस वा शरणार्थी नभएको प्रतिक्रिया दिएको छ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
माझी
उनीहरुलाई स्वदेश फर्काउने वा नफर्काउने भन्ने निर्णय अब उसले गर्नुपर्ने देखिन्छ।
तस्वीर
हालैका वर्षहरुमा कैयौं माछा मार्न प्रयोग गरिने उत्तर कोरियाली डुङ्गाहरु बगेर जापान पुगेका छन्।
कतिपयमा त्यस्ता डुङ्गामा मानव अवशेषसम्म फेला पर्ने गरेका छन्।
अघिल्लो हप्ता जापानी तटरक्षकहरुले ‘सी अफ जापान’मा पल्टिकएको एउटा काठको डुङ्गाबाट तीन जना उत्तर कोरियाली नागरिकको उद्धार गरेका थिए।
स्वदेश फर्कन उनीहरुले मदत मागेपछि अर्को उत्तर कोरियाली डुङ्गामा उनीहरुलाई चढाएर पठाइएको थियो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।