हिमालय क्षेत्रमा बल्ल भूकम्प मापन गर्ने तयारी !


प्रकाशित मिति : मंसिर ८, २०७४ शुक्रबार

८ मंसिर, काठमाडौं । सरकारले उच्च हिमालय क्षेत्रमा जाने भूकम्पका अभिलेख पनि राख्ने भएको छ । अहिले बस्ती कम भएको बताउँदै उच्च हिमाली क्षेत्रमा भूकम्प मापन केन्द्रहरु राखिएका छैनन् ।

सोही कारण विकट क्षेत्रमा जाने भूकम्पमा तथ्यपरक विवरणहरु आउन सकेका छैनन् ।

अनुसन्धानहरुमा कम्पनको शृंखलाको तथ्यांक पनि महत्वपूर्ण हुने भएकाले हिमालय क्षेत्रमा पनि ‘सेस्मिक सेन्टर’ स्थापना गर्न लागिएको खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्र खनाल बताउँछन् ।

‘अहिलेसम्म बाक्लो बस्ति रहेका क्षेत्रमा मात्र सेस्मिक सेन्टर राख्न प्राथमिकता दिएका थियौं,’ अनलाइनखबरसँग खनाल भन्छन्, ‘मानवीय क्षतिको जोखिम कम भएकाले हिमालय क्षेत्रमा ध्यान केन्द्रित गरेका थिएनौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार विभिन्न भूकम्पबारेको अनुसन्धानमा पनि हिमालय क्षेत्रको तथ्यांक आवश्यक रहेको महशुस भएर नयाँ योजना तयार गरिएको हो ।

केही समयअघि मनास्लु इलाकामा महशुस भएका चार रेक्टरस्केलभन्दा साना धक्काबारे पर्याप्त जानकारी हासिल गर्न सफलता मिलेन । ‘अब भने हिमालय क्षेत्रमा आउने त्यस किसिमका भूकम्पको मापन र तिनको जोखिम विश्लेषण गर्ने योजना बनाएका छौं,’ खनाल भन्छन् ।

विभागले यसैवर्ष १३ वटा ‘सेस्मिक सेन्टर’ स्थापना गर्ने गरी प्रक्रिया बढाएको छ । तीमध्ये केहीलाई काठमाडौं आसपास र अधिकांशलाई हिमाली भेगमा केन्द्रित गर्ने योजना छ ।

उक्त क्षेत्रमा जाने भूकम्पहरुको विवरण विश्वभर अनुसन्धान तथा अन्वेषणका लागि उपयोगी मानिन्छ ।

नेपालको हिमाली क्षेत्र भूकम्पीय जोखिमपूर्ण मानिन्छ । १२ वैशाख ०७२ को विनासकारी भूकम्प र त्यसपछिका पराकम्पनका कारण सगरमाथा आधारशिविर र आरोहण रुटमा क्षति पुगेको थियो ।

त्यस क्षेत्रमा जाने भूकम्पको गहिराइ, प्रवेग, रेक्टरस्केललगायत विवरण अद्यावधिक राख्न सक्दा त्यससम्बन्धि अनुसन्धानका निष्कर्ष तथ्यपरक हुने महानिर्देशक खनाल बताउँछन् । हिमालय क्षेत्रका ‘सेस्मिक जोन’हरु पत्ता लाग्न सके नेपालमा भूकम्प अध्ययन केन्द्रकै विकास गर्न सकिने खनालको ठम्याइ छ ।

धनकुटास्थित सेस्मिक सेन्टर

अहिले मुलुकभर २१ वटा भूकम्प मापन केन्द्र छन् । ती केन्द्रमार्फत् विभिन्न स्थानमा गएका साना/ठूला भूकम्पहरुको मापन गरिन्छ । र, रेकर्ड भएका सबै तथ्यांक स्वचालित हिसाबबाट लैनचौरस्थित भूकम्पमापन केन्द्रमा आउँछ ।

विभागमातहत २९ स्थानमा जीपीएस केन्द्र छन् । विभिन्न स्थानमा एक्सेलोमिटर पनि जडान गरिएको छ । सल्यान, बाग्लुङलगायत इलाकामा सेस्मिक सेन्टर स्थापनाको तयारी भइरहेको छ ।

ताप्लेजुङदेखि बैतडीसम्म विभिन्न स्थानमा भूकम्प मापन यन्त्रहरु राखिएका छन् । उपत्यकाका विभिन्न स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर पनि थपिँदैछ ।

एक्सेलोमिटरले भूकम्पको प्रवेग र त्यसले पुर्‍याउने हानी मापन गर्छ ।

२०३६ सालमा फ्रान्सको सहयोगमा पहिलो सेस्मिक सेन्टर स्थापना भएको थियो । त्यसपछि त्रिभुवन विश्वविद्यालयको सहयोगमा राजधानीआसपासका चार स्थान र अमेरिकी यूएसजीएस संस्थाको सहयोगमा खानी विभाग लैनचौरमा पनि भूकम्प मापन केन्द्र स्थापना गरिएको छ ।

देशभर भूकम्प मापन केन्द्रहरु अपर्याप्त भएको विभागका महानिर्देशक खनाल बताउँछन् । ‘सकेसम्म सबै क्षेत्रमा यस्ता केन्द्र स्थापना गर्नुपर्छ । अहिले फिँजाएर राखिएका भूकम्प मापक यन्त्रलाई सकेसम्म दूरी घटाएर राख्नुपर्छ,’ खनाल भन्छन्, ‘त्यसो गर्न सकियो भने भूकम्पका सबै तथ्यांक वास्तविक र विश्वासिला हुन्छन् ।’

Onlinekhabar

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com