मतदाता परिचय पत्र वितरण शुरु


प्रकाशित मिति : मंसिर ८, २०७४ शुक्रबार

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि मतदाता परिचय पत्र बाँड्न शुरु गरिएको निर्वाचन आयोगले बताएको छ।

आयोगका अनुसार पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाका ४ हजार ४ सय ६५ मतदान केन्द्रबाट दुई दिन मतदाताहरुले परिचय पत्र लिन सक्नेछन्।

स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र लिइसकेका मतदाताले भने त्यही परिचय पत्र प्रयोग गर्न सक्ने जनाइएको छ।

मतदाता परिचयपत्र बाँड्न निर्वाचन आयोगले आवश्यक जनशक्ति तथा सबै सामाग्रीको तयारी गरिसकेको जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आधार

त्यसका लागि शुक्रवारदेखि दुई दिनसम्म सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र लिन सकिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल बताउँछन्।

उनले भने, “पहिलो चरणको निर्वचनमा जम्मा ४४ सय ६५ मतदान केन्द्र छन्। भदौ र साउनमा फोटो खिचाएका मतदाताले त्यहाँबाटै परिचयपत्र लिने हो। स्थानीय तहको निर्वाचनमा परिचयपत्र लिन नभ्याएका मतदातालाई पनि परिचय पत्र वितरण गर्दैछौँ।”

पहिलो चरण अन्तर्गत प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ का ३२ वटा उच्च हिमाली र पहाडी जिल्लामा आइतबार हुने मतदानमा करिब ३२ लाख मतदाता छन्।

नयाँ मतदाता र स्थानीय तहको चुनावमा परिचय पत्र नलिएका पुराना मतदाताले बिहान ८ बजेदेखि पहिचान खुल्ने केही सरकारी कागजात देखाएर आ-आफ्ना मतदान केन्द्रबाट मतदाता परिचयपत्र लिन सक्ने पनि आयोगले जनाएको छ।

व्यवस्था

निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले भने, “परिचय पत्रहरु बिहान ८ देखि साँझ ५ बजेसम्म वितरण हुन्छ। उहाँहरुले परिचय खुल्ने केही कागजात देखाउनु पर्छ। यस्तै एउटै परिवाका सदस्यहरु लिन जान सम्भव नभए परिचय खुल्ने केही कागजात देखाएर आफ्नो घरका सदस्यको परिचय पत्र देखाएर ल्याउन सकिन्छ।”

निर्वाचन आयोगले मतदान स्थल पुग्ने दुरी स्थानीय तहको चुनावको बेला भन्दा केही सहज बनाइएको पनि जनाएको छ।

तर कतिपय विकट जिल्लामा भने केही मतदाता एकै दिनमा लामो दुरी तय गर्न नसकिने भन्दै अघिल्लो दिनै कतै बास बसेर मतदान स्थल जानुपर्ने बाध्यता रहेका खबर पनि आएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com