डोनाल्ड ट्रम्पलाई ठूलो झड्का, ट्रम्पको आदेश अवज्ञा गर्ने अमेरिकी सेनाको चेतावनी


प्रकाशित मिति : मंसिर ४, २०७४ सोमबार

वाशिंटन। विगत केही महिनादेखि अमेरिका र उत्तर कोरियाबीचको तनाव उत्कर्षमा पुगेको छ। दुवै देशले एक अर्कालाई परमाणु आक्रमण गर्ने चेतावनी दिँदै आएका छन्। तर पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निकै ठूलो झड्का लागेको छ। किनभने उनकै देशका सेनाका एक जनरलले अभिव्यक्तिको विरोध गर्दै कडा अभिव्यक्ति दिएका छन्।

अमेरिकाको युद्ध नीति विषयक अर्थात् स्ट्रयाटेजिक कमाण्डका एक शीर्ष अधिकारी जनरल जोन हिटनले राष्ट्रपति ट्रम्पकातर्फबाट उत्तर कोरियामाथि परमाणु आक्रमण गर्ने आदेश आए आफूहरुले त्यसलाई अस्विकार गर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार एयर फेर्स जनरल र स्ट्रयाटेजिक कमाण्डका कमाण्डर जोन हिटनले ह्यालिफ्याक्स अन्तर्राष्ट्रिय सेक्युरिटी फोरममा यदि परमाणु आक्रमण गर्ने आदेश अवैध सावित हुन्छ भने त्यस्तो आदेशलाई अस्विकार गर्न सकिने बताएका हुन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जन हिटनले सो कार्यक्रमका क्रममा भने, ‘ म आफैं राष्ट्रपति ट्रम्पलाई उत्तर कोरियामाथिको परमाणु आक्रमण गैर कानुनी हुने कुरा बताउँछु। हामी त्यस्तो प्रकारको आक्रमण गर्न सक्दैनौं। यदि राष्ट्रपतिको आदेश गैरकानुनी भयो भने तपाइँ अन्दाज लगाउनुस् के हुन्छ? म यही भन्छु मिस्टर प्रजिडेन्ट, यो गैरकानुनी हो। र,त्यसपछि अन्दाज लगाउनुस त्यसपछि राष्ट्रपतिजीले के गर्नुहुन्छ?’

हिटनले यस क्रममा डोनाल्ड ट्रम्पलाई परमाणु आक्रमणको विकल्प खोज्न आग्रह गरे। उनले भने, ‘जो विकल्प वैधानिक हुन्छन्, त्यस्ता विकल्प राष्ट्रपतिलाई बताइन्छ।’ युद्धको समयमा स्ट्रयाटेजिक कमाण्डरका हातमा परमाणु बमको नियन्त्रण हुन्छ।

हिटनको यो भनाइ अमेरिका र उत्तर कोरियाबीच उत्पन्न भएको तनावलाई मध्यनजर गर्दै आएको हो। उत्तर कोरियाले पहिला नै अमेरिकामाथि परमाणु आक्रमण गर्ने धम्की दिँदै आएको छ।

अर्कोतर्फ अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले पनि यदि उत्तर कोरियाले अमेरिकी कुनै पनि सहयोगी देशलाई नोक्सान पुर्याउने काम गरे उत्तर कोरियालाई ध्वस्त पार्ने चेतावनी दिएका थिए। उत्तर कोरियाले विश्वको सबैभन्दा खतरनाक हाइड्रोजन बमको सफल परीक्षण गरिसकेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com