प्रचण्डले भने- म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गाह्रो छ (भिडियोसहित)


प्रकाशित मिति : मंसिर ४, २०७४ सोमबार

४ मंसिर, काठमाडौं । पुत्र वियोगको पीडामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिवारका अन्य सदस्यहरुलाई सम्हाल्न गाह्रो भइरहेको बताएका छन् । छोरीको निधन भएको तीन वर्षपछि एक मात्र छोरा प्रकाशलाई पनि गुमाएका प्रचण्डले ठूलो पीडा भइरहेको बताए ।

आफूलाई भेट्न सोमबार बिहान लाजिम्पाटस्थित निवास आएकाहरुलाई उनले भने, ‘जनताले हामीबाट अभिभावक जस्तै भूमिका खोजेको छ । हामीले धैर्य गर्नुपर्छ भनेपछि बिस्तारै नर्मल हुने तिर गएको छ । नर्मल भइसकेको त छैन । पीडा ठूलै छ ।’

उनले अघि भने, ‘मैले त पार्टीको लिडरको हैसियतले, हिजोको युद्ध, शान्ति सबै घटनाले रियलाइजेसन गर्नसक्ने नै कुरा छ तर परिवारलाई सम्हाल्न गाह्रो छ । किनभने पहिले छोरीको घटना र अहिलेको यो घटनाले विक्षिप्तता ल्याएको छ ।’

प्रचण्डले छोरा प्रकाश दाहालको श्रद्धाञ्जली सभामा र दाहसंस्कारमा सहभागी भएकाहरु सबैलाई धन्यवाद समेत दिए । शोकको समयमा सबैबाट रचनात्मक सहयोग पाउँदा आफ्नो परिवारलार्इ शक्ति प्राप्त भएको पनि प्रचण्डले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइतबार बिहान माओवादी अध्यक्ष प्रचण्डको छोरा प्रकाश दाहालको हृदयाघातबाट ३६ वर्षको उमेरमा निधन भएको थियो । दाहाल परिवारलाई भेट्न र समवेदना व्यक्त गर्न प्रचण्ड निवास पुग्नेहरुको सोमबार पनि घुइँचो छ । प्रचण्ड निवास पुग्नेहरुले त्यहाँ राखिएको प्रकाश दाहालको तस्वीरमा पुष्प गुच्छा चढाउने र परिवारका सदस्यहरुलाई भेटेर समवेदना प्रकट गर्ने गरेका छन् ।

सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दाहाल परिवारलाई भेटेकी छन् । उनले स्वर्गीय प्रकाशको तस्वीरमा पुष्प गुच्छा चढाएकी थिइन् ।

Onlinekhabar

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com