अरुको साथदिंदा दिंदै शिक्षा लिन बिर्सेका प्रकाश मृत्युका बेला सुटुक्क निभे ।


प्रकाशित मिति : मंसिर ३, २०७४ आईतबार

काठमाण्डौ ।
१० वर्षे माओवादी सशस्त्र आन्दोलनको मोर्चावद्ध लडाईमा सयांै मृत्युलाई जितेका प्रकाश दाहाल अन्ततः मंसिर ३ आइतबार मिर्मिरेसंगै मृत्यस“ग हार्न पुगे ।
आजभन्दा करिब ३६ वर्ष अघि जन्मिएका प्रकाश माओवादी विद्रोहका सयौ मोर्चामा आम्नेसाम्ने भिडन्तमा खटे । सयौ मोर्चामा कुशल योद्धाको प्रदर्शन गरेका प्रकाशलाई मंसिर ३ गते मृत्युले हराइ छाड्यो । सरल र सहज स्वभावका प्रकाशले औपचारीक अध्ययनको पाटोलाई छोडेर गरिखाने वर्गको सत्ता स्थापनाका लागि भन्दै माओवादी आन्दोलनमा बाल्यकालदेखिनै होमीए । इमानको राजनीतिबाट दिक्षित प्रकाशले माओवादी आन्दोलनको सयौ राजनीतिक तथा फौजी लडाईमा प्रत्यक्ष सहभागी भए । मुक्ति या मृत्युको कफन बा“धेर युद्धको मोर्चामा लामबद्ध बनेका प्रकाश तीन दिदीका एक मात्र भाइ हुन् ।

नेपाली राजनीतिका शिर्ष पुरुष प्रचण्ड नेतृ सीता दाहालका एकमात्र छोरा प्रकाश सामान्य घरपरिवारमा जन्मिएका थिए । बाल्यकालसम्म गृहजिल्ला चितवनमै विताएका प्रकास विद्यालय तहको अध्यनन गर्दै गर्दा दिदीहरुस“ग भारतमा समेत बसे । प्रचण्डको छोरा भएकै कारण जनयुद्ध सुरु भएपनि सरकारी स्तरबाट असुरक्षाककै कारण उनी अध्ययनलाई अधुरै छाडि जनयुद्धमा होमिएन बाध्य भए ।
प्रचण्डको छोरा भएकै कारण मात्र उनको राजनीतिक उचाई थिएन । दशवर्षे माओवादी जनयुद्धमा उनले बगाएको पसिनाको मूल्य अथाह छ । युद्धका थुप्रै मोर्चामा भिडेका प्रकाश तत्कालीन माओवादीको आधार इलाका रोल्पा र रुकुमका गाउ“बस्तीमा धेरै समय बसेर युद्धमोर्चामा लामवद्ध भए । २ सय ४० वर्षे सामन्ती सत्ता ढालेर जनताको व्यवस्था ल्याउन निरन्तर उनी बम र बारुदस“ग सयौ रात कटाएका थिए ।

सामान्ती राज्य सत्ता भत्काउने सपना साहास र सौर्य प्रदर्शन गर्दै युद्ध मोर्चामा लड्नु सामान्य थिएन् । समग्र नेपालको राजनीतिक सामाजिक आर्थिक रुपान्तरण लागि बाबुको नेतृत्वमा थालिएको विद्रोहको ताप राप बमबारी तुवालोमा उनले आफूलाई समर्पित गरे ।
आकस्मिक हृदयघातसंग हारेका प्रकासलाई सामाजिकरुपमा धेरैले आलोचना गरेपनि मृत्यका बेला बिस्तरामा एक्लै थिए । लाजिम्पाटको प्रचण्ड निवासमा एक्लै सुतेका प्रकाशलाई हृदयघात हुंदा पानी पिलाउने पनि कोही थिएनन् । बिहान उठाउन पुग्दा उनी बिदावारी भै सकेका थिए । नर्भिक अस्पतालका मुटु रोग बिशषज्ञ जेपी जयसवालले अस्पताल ल्याउनु ३ घण्टा पुर्व नै प्रकाशलाई हृदयघात भएको अनुमान लगाउंछन् । बाईट ः
जिवनमा आलोचना योग्य केहि असमाजीक कार्यका कारण यदाकदा आलोचीत हुने प्रकाशले पार्टी प्रतिको निष्ठा र पिता प्रतिको समर्पणमा कहिल्यै कुनै कमजोरी गरेनन् । सामान्यतया अरु शिर्ष नेताका सन्तानले उच्चशिक्षा लिएर उच्चपदमा प्रतिस्पर्धा गरिरहंदा उनी बाबुको सुरक्षाअंग बन्नमै रमाए ।
बाबुले थालेको परिवर्तनको आन्दोलनलाई उनले जीवनमरणको लडाईमा आफूलाई समर्पिर्तनै गरे बुवा र सिंगो पार्टीलाई साथ दिए । बाबुको नेतृत्वमा थालिएको गणतन्त्र, धर्मनिरपेक्ष, संघियता, समावेशी र सामाजिक न्यायको आन्दोलनमा उनी निरन्तर लागि परे । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पार्टी हेडक्वार्टरका सचिवालय सदस्यको जिम्मेवारीमा थिए । आइतबार आकस्मिक हृदयघात भएका प्रकाशलाई साढे पा“च बजे थापाथलिस्थित नर्भिक अस्पतालमा पुराइएको भएपनि बचाउन सकिने कुनै सम्भावना भएन । 
राजनीतिक रुपले दिक्षित सकुशल योद्धा प्रकाश सामाजिक अभियान्ता समेत हुन । विनाशाकारी भूकम्पले भत्किएका गँउ“बस्ती होउन् या बाढीपहिरोले उजाड बनाइएका बस्तीमा उनी सधै पुग्थे । भूकम्पले भत्काएका आत्माहरुलाई शान्त बनाउन र उनीहरुको जीवनरक्षाका लागि सधै खट्ने प्रकाश सामाजिक क्षेत्रमा पनि निकै प्रिय थिए । अझै युवा वर्गमा घुलमिल हुन सक्ने खुबी उनमा थियो । पछिल्ला समयहरुमा कृषकको छोरो भएकाले र बाल्यकालमा समेत खेती किसान गरेकैले होला प्रकासले कृषि क्ष्ँेत्रलाई प्राथमिकतमा राख्दै आएका थिए । उनी अभियान्ता पनि हुन् । उनले देशका निम्ति गरेका बलिदान त्याग र सर्मपणको राज्यले सही मूल्याकन गर्न सकोस् । देश परिवर्तनमा हिडे एक योद्धाको अल्पायू मै भएको निधनले सारा नेपाली स्तब्ध भएका छन् । यस दुःखको घडीमा सबैले धैर्यधारण गरि प्रकाशले देखेका सपना पुरा गर्न सबैले हिम्मत गर्र्नै पर्ला ।
हाम्रो पनि श्रद्धाञ्जली प्रकाशलाई

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com