शनिबार रौतहट, तनहुँ र भोजपुरका विभिन्न स्थानमा बम विस्फोटनका घटना


प्रकाशित मिति : मंसिर ३, २०७४ आईतबार

प्रहरीले शनिबार रौतहट, तनहुँ र भोजपुरका विभिन्न स्थानमा बम विस्फोटनका घटना भएको जनाएको छ।

कुनै स्थानमा चुनावी प्रचारप्रसारको कार्यक्रमस्थल नजिक बम विस्फोट भएको बताइएको छ।

कतै भने उम्मेदवारहरु चढेको सवारी साधनलाई लक्षित गरेर बम प्रहार गरिएको प्रहरीका प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए।

तराईमा विस्फोट

रौतहटको चन्द्रपुरमा वाम-गठबन्धनले आयोजना गरेको संयुक्त वडा भेला नजिकै बम विस्फोट हुँदा सात वर्षिय बालकसहित आठ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामकुमार दानीका अनुसार सरकारी अस्पताल नजिक रहेको राधाकृष्ण मन्दिरमा भेला सकिएर सहभागीहरु बाहिरिए लगत्तै विस्फोट भएको थियो ।

घटनामा गम्भीर घाइते भएका चिया पसले ३१ वर्षिया सरिता राई र उनका ७ वर्षिय छोरा जैविक राईलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको डीएसपी दानीले जनाए ।

घाइते अन्य छ जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।

आक्रमण

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडी र उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी रहेको गाडीको बीचमा तनहुँमा प्रेसरकुकर बम प्रहार भएको प्रमुख जिल्ला अधिकारी रितेश कुमार शाक्यले जानकारी दिएका छन्।

गोरखाको पालुङ्टारमा भएको आमसभालाई सम्बोधन गरी लमजुङको बेसीशहर जाँदै गरेका बेला उक्त आक्रमण भएको बताइएको छ।

पौडेल चढेको गाडीको पछाडि बसेका एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।

यस्तै भोजपुरको दुई ठाउँमा सुतली बम बिस्फोट भएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

रणनीति

सरकारको सुरक्षा रणनीति के छ?

विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा भेलामा सुरक्षा चुनौतीको सामना गर्न प्रहरी फौजसँगै नेपाली सेना पनि सक्रिय भइसकेको गृह मन्त्रालयका सचिवले बताएका छन्।

उम्मेदवार लक्षित देखिने आक्रमणका घटना बढेको बेला आपराधिक गतिविधि नियन्त्रणका लागि सरकारले नयाँ सुरक्षा योजना बनाइ प्रहरी र सेनालाई थप सक्रिय बनाउने गृह सचिव मोहनकृष्ण सापकोटाले बताए।

उनले भने, “सेना सक्रिय भइसकेको छ। सेना पनि चुनावको लागि गठित स्थानीय सुरक्षा समितिमा छ।”

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com