गुल्मी २ का कांग्रेस उम्मेदवार भन्छन्- कम्युनिष्ट गढ भत्काउँछु


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

१ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धा फरक खालको बन्ने देखिएको छ । गुल्मी २ मा केन्द्रमा र जिल्ला तहमै चर्चित वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले केन्द्रीय सचिव गोकर्ण बिष्टसँग कांग्रेस गुल्मीका पूर्व जिल्ला सभापति चन्द्र केसी उम्मेदवार छन् ।

बिष्ट दुई पटकसम्म सोहि क्षेत्रबाट निर्वाचित भएका थिए । केसी पार्टी सभापति हुँदा केहि कामहरु गरेका केसी ०५६ सालमा सम्पन्न निर्वाचनमा साबिकको २ नम्बर क्षेत्रबाट एमालेका प्रदिप ज्ञवालीसँग पराजित भएका थिए । केसी ०५४ सालमा सम्पन्न स्थानिय निकायको निर्वाचनमा जिबिस सभापतिमा निर्वाचित भएका थिए ।

०५१ सालमा एमालेबाट टंक पोखरेल, ०५६ सालमा गोकर्ण बिष्ट, ०६४ सालका माओवादीबाट चन्द्रबहादुर थापा ‘सागर’, ०७० सालमा पुनः गोकर्ण बिष्ट निर्वाचित भएका थिए । झण्डै २५ वर्षको अवधिमा कम्युनिष्टले किल्ला जमाउँदै आएको क्षेत्रमा पुनः बाम गठबन्धन बलियो देखिएको छ । तर केसीले यसपटक कम्युनिष्टको गढ तोड्ने बताएका छन् ।

विष्टले आर्थिक, सामाजिक, शैक्षिक, तथा कृषि पर्यटनको क्षेत्रमा नयाँ योजना सार्वजनिक गरेका हुन् । उनले आफू जिविस सभापति हुँदा गुल्मीमा धेरै बिकासका योजनाहरु सुरुवात गरेपनि ति अझै पूरा नभएकाले पूरा गर्ने लक्ष्यले आफू लागिपर्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले यस क्षेत्रमा कम्यूनिष्टहरुले शासन गर्दै आएपनि बिकासले गति लिन नसकेकाले अब जनताले परिवर्तनको पक्षमा आफूलाई रोज्ने दावी गरे ।’तत्कालिन जिविस सभापति हुँदा गुल्मी जिल्लामा डोजर भित्राउने मै हुँ’ उनले विश्वस्त हुँदै भने ‘बिकासको सुरुवाती पनि मैबाट भएको थियो त्यसैले जनताले मलाई मत दिन्छन् ।’

उनले प्रतिपक्षीले बिकास भन्दा पनि हल्ला बढी गरेको आरोप लगाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com