ट्रम्प पुत्री आउनुअघि ‘भिखारीमुक्त’ शहर


प्रकाशित मिति : कार्तिक २८, २०७४ मंगलबार

भारतको हैदराबाद शहरलाई भिखारीमुक्त बनाउन प्रयासरत प्रहरी र स्थानीय प्रशासनले त्यहाँका नागरिकसँग सहकार्य गर्दैछन्।

आउँदो डिसेम्बर १ तारिखपछि शहरमा देखिने कुनै पनि भिखारीबारे जानकारी दिने व्यक्तिले ५०० भारु इनाम पाउनेछन्।

आनन्द आश्रमका अध्यक्ष एम सम्पतले बीबीसीलाई भने, “हामी डिसेम्बर १ तारिखका दिन हैदराबादलाई भिखारीमुक्त घोषणा गर्दछौँ। जेल विभागले त्यसमा सघाउनका निम्ति ५०० रुपैयाँ इनाम दिने घोषणा गरेको हो।”

उनले त्यसको उद्देश्य तेलंगानामा भीख माग्ने कार्यमा नियन्त्रण गर्नेसम्बन्धी नियम लागू गराउने अभियानमा नागरिकहरुको सहभागिता बढाउने रहेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुनर्वास

चञ्चलगुडा जेलमा आनन्द आश्रम निर्माण गरिएको छ जहाँ भिखारीहरुलाई पुनर्वासका लागि पठाइँदैछ।

प्रहरी कमिश्नर एम महेन्द्र रेड्डीले दुई महिनाका लागि भीख माग्नमा प्रतिबन्ध लगाइएको घोषणा गरेपछि भिखारीहरुविरुद्ध पछिल्लो हप्तादेखि कारबाही थालिएको हो।

नोभेम्बर ८ तारिखदेखि लागू गरिएको प्रतिबन्ध आउँदो ज्यानुअरी ७ तारिखसम्म जारी रहनेछ।

इभान्का

आलोचकहरुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्काको यात्रालाई मध्यनजर गर्दै उक्त कदम चालिएको बताएका छन्।

नोभेम्बर २८ देखि २९ तारिखसम्म चल्ने अन्तर्राष्ट्रिय उद्यमी सम्मेलनमा सहभागी हुन इभान्का त्यहाँ जाने कार्यक्रम छ।

अस्वीकार

यद्यपि स्थानीय प्रशासनले त्यो कारणले पछिल्लो अभियान थालिएको भन्ने दाबी अस्वीकार गरेको छ।

यसअघि सन् २००० को मार्चमा अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन आउनुअघि भिखारीहरुलाई सडकबाट हटाइएको थियो।

भिखारीहरुलाई नियन्त्रणमा लिन पूजास्थल, रेल्वे स्टेशन, बस स्टेशन लगायतका स्थानमा कारबाही भइरहेको छ।

भिखारी

अधिकारीहरुका अनुसार हालसम्म ३६६ जना भिखारीलाई नियन्त्रणमा लिएर आनन्द आश्रम पठाइएकोमा १२८ जनाले त्यही बस्ने निर्णय गरेका छन् भने भीख नमाग्ने प्रतिवद्धता जनाउँदै बाँकी २३८ जना घर फर्केका छन्।

भिखारीहरुलाई तालिम दिएर पेट्रोल पम्पमा काममा लगाउने जेल विभागको योजना रहेको छ।

पहिचान

तेलंगाना जेलका महानिर्देशक बीके सिंहले भने, “यहाँ ल्याइएका अधिकांश मानिस भिखारी नभएको दाबी गर्छन्। हामीले स्वस्थ मानिसहरुलाई जान दिएका छौँ र समातिएका मानिसहरुको बायोमेट्रिक विवरण राखिरहेका छौँ ताकि पछि उनीहरुको पहिचान गर्न सकियोस्।”

घरबाट निकालिएका वृद्धा भिखारीहरुको व्यवस्थापनमा चाहिँ अधिकारीहरुलाई चुनौती थपिएको छ।

भिखारी

त्यस्ता मानिसहरुका लागि बस्ने एवं खाने व्यवस्था मिलाउनुपर्ने र मनोपरामर्श पनि दिनुपर्ने आवश्यकता देखिएको छ।

कारबाहीबाट जोगिन हैदराबादका पाँच हजार भिखारीमध्ये धेरैजसो भागेर विजयवाडा र नागपुर पुगेका छन्।

अधिकारीहरुले दुई महिनापछि उनीहरुलाई फेरि हैदराबादमा फर्किन नदिने प्रयास गरिरहेका छन्।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com