डिआईजी खनालले सोधे- बसको सिटमा जुम्रा र उडुस परिसक्दा पनि धुनुपर्दैन ?


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

२७ कात्तिक, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी सर्वेन्द्र खनालले सार्वजनिक सवारीको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा यतातायात व्यवसायी तथा मजदुरका लागि आयोजना गरिएको सवारी व्यवस्थापन समबन्धी विशेष कार्यक्रममा खनाललेअहिले सार्वजनिक सवारीहरुको सफाइको अवस्था दयनीय देखिएको बताए ।

‘कतिपयमा सवारीको त सिट नै कहिल्यै नधुने गरेको अवस्था छ । हामी कतिमा त जुम्रा, उडुस र उपियाँ पनि भेट्छौं,’ खनालले यातायात मजदुर र ब्यवसायीलाई सम्बोधन गर्दै खनालले भने,’अब यो अवस्था रहिरहनुहुन्न ।’

उनले देशको सभ्यता कुन सत्रमा छ भन्ने कुरा सार्वजनिक सवारीबाट नै पत्ता लाग्क्ष्ने बताउँदै नेपालमा सार्वजनिक सवारीको स्थितिले अन्तर्राष्ट्रिय रुपमा पनि गलत किसिमको सन्देश प्रवाह गरिरहेको उल्लेख गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजधानीमा चलि रहेका सार्वजनिक सवारी सफा नराख्ने प्रचलन ब्याप्त छ । डिआईजी खनालले त्यसरी सवारी फोहोर अवस्थामा रहेका सवारीलाई निर्धक्कसँग चल्न दिँदा यात्रुलाई पनि समस्या भएको बताए ।

उनले भित्र मात्रै नभए सवारीको बाहिरीभाग पनि सफा नराख्ने र समयमै गर्नुपर्ने मर्मतहरु नगर्ने प्रवृत्ति मौलाएको बताए । अब सफाइमा ध्यान नदिने सवारीलाई कारवाही गर्ने चेतवनी पनि खनालले दिए ।

‘चिटिक्क परेर गन्तब्यमा हिँडेको मान्छेले बसभित्र पसेपछि मुख थुन्नुपर्ने अवस्था रहन हुँदैन,’ खानलले भने,’अब सवारीको सफाइमा तपाईंहरु ध्यान दिनुपर्छ ।’

व्यवसायी र मजदुरहरुले भने काठमाडौंको सडकमा धुलो अत्यधिक रहेकाले जति सफा गर्दा पनि नहुने अवस्था रहेको दावी गरे ।

उनीहरूले ट्राफिक प्रहरीले मजदुरका लागि छुट्टै पोशाक तोक्ने तयारी गरेकोमा स्वागत गरे । व्यवसायीले त्यसका लागि अावश्यक भूमिका निभाउने प्रतिवद्धता जनाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com