पुनर्निर्माण कार्यको अनुगमन गर्न प्राधिकरणका ४ कार्यकारीलाई जिम्मा


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

काठमाडौं (राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा समग्र पुनर्निर्माण कार्यको अनुमगन तथा सहजीकरण गर्न कार्यकारी समिति सदस्यहरुलाई जिम्मेवारी दिएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० युवराज भुषालले अनुगमन कार्य क्षेत्र छुट्याउँदै कार्यकारी समिति सदस्यहरु डा.चन्द्रबहादुर श्रेष्ठ, धुव्रप्रसाद शर्मा, डा हरिराम पराजुली र डा विष्णुबहादुर भण्डारीलाई पुनर्निर्माणसँग सम्बन्धित कार्यहरु हेर्ने जिम्मा दिएका हुन् ।

पराजुलीलाई गोरखा, धादिङ, नुवाकोट, रसुवा, पर्वत, बाग्लुङ, म्याग्दी र चितवनको जिम्मेवारी दिइएको छ भने शर्मालाई सिन्धुपाल्चोक, दोलखा, काठमाडौं, कास्की, लमजुङ, तनहुँ, र स्याङ्जा कार्यक्षेत्र तोकिएको छ।

यस्तै, अर्का कार्यकारी सदस्य भण्डारीलाई रामेछाप, ओखलढुंगा, सिन्धुली, भक्तपुर, धनकुटा, संखुवासभा, भोजपुर, सोलुखुम्बु र खोटाङ तथा श्रेष्ठलाई मकवानपुर, ललितपुर, काभ्रे, गुल्मी, अर्घाखाँची, पाल्पा र नवलपरासी हेर्ने जिम्मेवारी दिइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यकारी सदस्यहरुलाई तोकिएका जिल्लाहरुमा हुने र भइरहेका निजी आवास निर्माण, बस्ती स्थानान्तरण, सम्पदा पुनर्निर्माण, पूर्वाधार निर्माण, जीविकोपार्जन, गैरसरकारी संस्थाको कार्यसम्पादन, सीप विकास लगायत कामहरुको कार्यान्वयन तथा निरन्तर अनुगमन तथा सहजीकरण गरी प्रतिवेदन बुझाउन भनिएको छ।

यो कार्यले पुनर्निर्माणको गतिलाई थप तीव्रता दिने सिइओ भुषालले बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com