चिनियाँ राष्ट्रपति राजकीय भ्रमणका लागि भियतनाममा


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

चिनियाँ राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि आइतबार भियातनाम पुग्नुभएको समाचार छ ।

यस दक्षिणपूर्वी एसियाली देशको औपचारिक भ्रमणमा उहाँ चीनको राष्ट्रपतिमा निर्वाचित भएपछि यो दोस्रो पटक पुग्नुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएकोछ ।

यसअघि उहाँ दुई वर्षअघि औपचारिक भ्रमणका क्रममा भियतनाम पुग्नुभएको थियो । यस पटक पनि उहाँ सोही देशको डा नाङ् सहरमा एपेकको सम्मेलनका लागि जानुभएको थियो ।

उहाँ त्यहाँबाट औपचारिक भ्रमणका लागि आइतबार राजधानी हनोई पुग्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव समेत रहनुभएका राष्ट्रपति सिले हनोइमा रहँदा त्यहाँको कम्युनिष्ट पार्टीका महासचिव एनग्युन फु त्रोनसँग भेटवार्ता गर्नुहुने छ ।

उहाँले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा कुराकानी गर्नुहुने समाचारमा जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com