काठमाडौमा मेलम्चीको पानी आउन कम्तीमा ६ महिना लाग्ने


प्रकाशित मिति : कार्तिक २५, २०७४ शनिबार

काठमाडौंवासीले वर्षौंदेखि प्रतिक्षा गरिरहेको मेलम्ची यस वर्ष असोजमा आउने भनिएको थियो। सुरूङ खन्ने काम अन्तिम चरणमा पुगे पनि कात्तिक अन्त्यसम्म उल्लेख्य सुधार भएन। काम सुस्त हुँदा मेलम्चीको पानीका निम्ति अझै ६ महिना कुर्नुपर्ने भएको छ।

कुल साढे २७ किलोमिटर सुरूङमध्ये १२ सय ५ मिटर खन्न बाँकी नै छ। अहिले दैनिक १५ मिटरका दरले खन्ने काम भइरहेको मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडीले बताए। सिन्धुदेखि ग्यालथुम ७ सय ५५ मिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको ४ सय ५० मिटर सुरूङ खन्ने काम बाँकी छ।

सिन्धु–अम्बाथान क्षेत्रमा खराब चट्टान भेटिएकोले काम सुस्त भएको दवाडीले बताए।

‘अहिलेकै गतिमा काम भयो भने साढे दुई महिनामा ‘ब्रेक थ्रु’ हुन्छ,’ उनले भने, ‘त्यसपछि सुरूङ फिनिसिङ गर्न तीन महिना लाग्छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जति भित्र गयो सामान ओसार्नुपर्ने, अक्सिजन पठाउनु पर्ने लगायतका काम थप हुनाले कामको गति घट्ने उनले बताए। सुरूङ खनिसकेपछि भूँइमा आरसिसी ढलान पनि गर्नुपर्ने हुन्छ।

‘ठेकेदार कम्पनीले ६ महिनाभित्र काम सक्छु भनेको छ। उसले पनि विभिन्न समस्या देखाइरहेको छ,’ उनले भने, ‘हामीलाई हतार भएपनि उसको काम सुस्त छ।’ ठेकेदारले भने अनुसार काम भएन भने ६ महिनाभन्दा बढी समय पनि लाग्न सक्छ।

वितरण प्रणालीमा पनि समस्या
मेलम्चीको पानी सुन्दरीजलबाट वितरण गर्न ८ करोड लिटर क्षमताको ट्रिटमेन्ट प्लान्ट बनाइएको छ। आयोजनाले बागमतीको पानी प्लान्टमा राखेर सफल परीक्षण गरिसके पनि थोक वितरण प्रणाली अन्तर्गत पानी पठाउन खोज्दा भने समस्या देखिएको थियो। अर्को साढे ८ करोड क्षमताको प्लान्ट १० महिनाभित्र सम्पन्न हुने उनले बताए ।
setopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com