कात्तिक २५, सोलुखुम्बु स् विद्युतीय मिलमा च्यापिएर सोताङमा एक युवती गम्भीर घाइते भएकी छन्। सोताङ गाउँपालिका १ निवासी १७ वर्षीया लक्ष्मी कार्की मिलमा च्यापिँदा घाइते भएको प्रहरी निरीक्षक प्रदुम्न अधिकारीले जानकारी दिए। कार्कीलाई शनिबार बिहान स्थानीय नीरकुमार राईले सञ्चालन गरेको मिलमा धान कुट्न जाँदा मिलले च्यापेको हो। कपाल बेरेर सख्त घाइते भएकी कार्कीको टाउकोमा गहिरो चोट लागेको छ। उनलाई तत्काल उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।