पूर्व सुरक्षा सल्लाहकारमाथि अनुसन्धान


प्रकाशित मिति : कार्तिक २५, २०७४ शनिबार

ह्वाइट हाउसका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन फेरि समाचारमा छाएका छन्।

रुसी अधिकारीहरुसँगको सम्पर्कबारे उपराष्ट्रपतिलाई दिग्भ्रमित पारेको आरोपमा राजीनामा दिन बाध्य पारिएका उनी प्रशासनका पहिलो अधिकारी थिए।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार लाखौं डलर लिएर टर्कीका एक विपक्षी धर्मगुरुलाई नियन्त्रणमा लिने र उनलाई टर्की फर्काउने षड्यन्त्रमा संलग्न रहेको आरोपबारे फ्लिनमाथि अहिले अनुसन्धान भइरहेको छ।

त्यो राष्ट्रपतीय निर्वाचनमा रुसको सम्भावित हस्तक्षेप र ट्रम्पको चुनावी अभियानको साठगाँठबारे भइरहेको बृहत् छानबिनको एउटा पाटो हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वार्थ

विशेष सल्लाहकार रोबर्ट मुलरले नेतृत्व गरिरहेको अनुसन्धानको मुख्य पात्रका रुपमा फ्लिन रहेका छन् किनकि प्रश्न उठाउन सक्नेगरी रुसी पूर्व राजदूतसँग उनको सम्पर्क थियो र राष्ट्रपतीय अभियानका बेला उनले टर्कीको स्वार्थमा काम गरेका थिए।

त्यसबारे अमेरिकी सञ्चारमाध्यम भन्छन्, मुलरको टोलीले पेन्सल्भेनियामा बस्दै आएका टर्कीका विपक्षी धर्मगुरु फेतुल्लाह गुलेनलाई नियन्त्रणमा लिने र गोप्य रुपमा देशबाट निकाला गर्ने विषयमा फ्लिनले छलफल गरेको भन्ने आरोपमाथि अनुसन्धान गरिरहेको छ।

टर्कीका राष्ट्रपतिले गत वर्ष सत्ता हत्याउन गरिएको असफल प्रयासको मुख्य योजनाकार गुलेन भएको आरोप लगाउँदै आएका छन्।

तर पर्याप्त प्रमाण नदेखिएको कारण देखाउँदै अमेरिकाले गुलेनलाई सुपुर्द गर्न अस्वीकार गर्दै आएको छ।

खासगरी गुलेनलाई टर्की फर्काउनका निम्ति फ्लिनलाई १ करोड ५० लाख डलर प्रस्ताव गरिएको भन्ने आरोपबारे संघीय अनुसन्धानकर्ताले छानबिन गरिरहेको बताइएको छ।

फ्लिनका एक वकिलले त्यसबारे टिप्पणी गर्न अस्वीकार गरे तर त्यसअघि उनको परामर्श कम्पनीका एकजना प्रवक्ताले गैरकानूनी कारबाहीबारे फ्लिनले छलफल गरेको अस्वीकार गरेका थिए।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com