कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल


प्रकाशित मिति : कार्तिक २४, २०७४ शुक्रबार

चुनावको मुखमा अज्ञात समूहले जनप्रतिनिधिमाथि गोली प्रहार गरेको छ । अज्ञात समूहले राप्ती–सोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महावीर ओलीमाथि कोहलपुरमा गोली प्रहार गरेको हो । निर्माण व्यवसायी समेत रहेका वडा अध्यक्ष ओलीमाथि विहीबार राति कोहलपुरस्थित उनको निवासमा गोली प्रहार भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार अज्ञात समूहले विहीवार राती करिव ९ बजे भौतिक आक्रमण पछि गोली प्रहार गरेको थियो ।

पेस्तोलले हाने पनि गोली उनको शरिरमा नलागेकोले दुर्घटना हुन नपाएको उनले बताए । अज्ञात समूहले ओलीलाई धरपकड गरेपनि चोट पटक नलागेको डिएसपी भट्टराईले बताए । उनको घरमा नागरिक अस्पताल समेत छ । अस्पताल यहि हो भनेर सोधेको र ढोका खोल्ने क्रममा अपरिचित व्यक्तिले गोली प्रहार गरेको पीडित ओलीले बताए । उनले भने, ‘सटर बन्द गर्दै थिएँ, सटर बन्द गर्न नपाउँदै धरपकड भयो, पछि त म माथि गोली प्रहार भयो ।’ गोली मिस फायर भएकोले आफू बाँचेको उनले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com