अमेरिकी राष्ट्रपतिलाई माझी औँला देखाउँदा महिलाको जागिर गयो


प्रकाशित मिति : कार्तिक २४, २०७४ शुक्रबार

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई माझी औँला देखाउने महिलालाई जागिरबाट निकालिएको छ। गल्फ खेलेर ह्वाइट हाउसतर्फ फर्किँदै गरेका ट्रम्पलाई माझी औँला देखाउने साइकलयात्री जुली ब्रिस्कम्यानलाई जागिरबाट निकालिएको हो ।

ट्रम्पलाई औँला देखाउँदै गरेको उनको तस्वीर गत साता भाइरल भएको थियो। भर्जिनियामा अक्टोबर २८ मा ट्रम्पलाई औँला देखाउने ती साइकलयात्री जुली ब्रिस्कम्यान भएको खुलासा भएको छ।

ट्रम्पको मोटरकेडमा रहेका एक फोटोग्राफरले उनको फोटो खिचेका थिए, जुन लगत्तै भाइरल बनेको थियो। त्यही फोटोलाई उनले आफ्नो ट्विटर र फेसबुकको प्रोफाइल पिक्चरका रुपमा प्रयोग गरेकी थिइन्। त्यसपछि भर्जिनियास्थित अकिमा नामक कम्पनीमा विगत ६ महिनादेखि कार्यरत ब्रिस्क्म्यानलाई हाकिमहरुले बोलाएका थिए। ‘उनीहरुले भने, ‘तपाईंसँग हामी छुट्टिँदैछौँ’ उनले हफिंगटन पोस्टलाई भनेकी छन्।

उनको अश्लील हर्कतले सरकारी ठेकेदारी गर्ने कम्पनीलाई नोक्सान हुने भन्दै आफूलाई बर्खास्त गरिएको उनले बताएकी छन्। यद्यपि यसबाट आफूलाई कुनै दुःखेसो नभएको पनि उनले स्पष्ट पारेकी छन्। उनले आफू विरोधको तस्वीर बन्न पाएको खुसी रहेको पनि बताएकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कतिपयले उनको विरोधको स्वरलाई दबाउन खोजिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्। यद्यपि भर्जिनियामा रोजगारदाताको इच्छाअनुसार कर्मचारीलाई जुनसुकै बेला बर्खास्त गर्न सक्ने कानुनी व्यवस्था छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com