अमेरिकाको लास भेगस शहरमा चालकविहीन बस पहिलो दिनमै दुर्घटनामा


प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

अमेरिकाको लास भेगस शहरमा एउटा स्वचालित यात्रु बस आफूले सेवा दिएको पहिलो दिनमै दुर्घटनामा परेको छ।

‘कैयौं’ यात्रुहरु सवार भनिएको उक्त चालकविहीन बस सुस्त गतिमा गुडिरहेको एउटा लरीसँग ठोक्किएको थियो।

उक्त दुर्घटनामा कसैलाई चोटपटक लागेको छैन। अधिकारीहरुले लरीका चालकको मानवीय त्रुटिका कारण उक्त दुर्घटना भएको जनाएका छन्।

ती चालकलाई तत्कालै प्रहरीले रसिद दिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘दुर्भाग्य’

उक्त चालकविहीन यात्रु बस अमेरिकाका सार्वजनिक सडकमा पहिलो पटक गुडाइएको त्यस्तो प्रकृतिको सवारी साधन हो।

नाभ्या

गुगलको माउ कम्पनी अल्फाबेटले फिनिक्स एरिजोनामा चालक रहित ट्याक्सी सञ्चालनमा ल्याउने घोषणा गरेको एक दिनपछि दुर्घटनाको यो खबर ‍आएको हो।

लास भेगसको चालकविहीन बसले नाभ्या नामक कम्पनीले विकास गरेको प्रविधिको प्रयोग गरिरहेको छ र त्यसको परीक्षण लण्डनमा समेत भइरहेको छ।

अधिक्तम गति ४५ किलो मिटर प्रति घण्टा रहेको उक्त बसमा बढीमा १५ जना यात्रु चढ्न मिल्छ। साधारणतया उक्त बस २५ किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने गर्छ।

सिटी अफ लास भेगसका प्रवक्ताले बस र लरी सामान्य रुपमा ठोक्किएको र नियमित जाँचपछि उक्त चालकविहीन बस बिहीवारबाट सञ्चालनमा आउने बताए।

उनले भने, “एउटा गल्लीबाट सामान पुर्याउने ट्रक आइरहेको थियो। उक्त बस लरीलाई देखेर रोकियो, उसले गर्नुपर्ने पनि त्यहि थियो। तर दुर्भाग्यवश चालकको मानवीय त्रुटिका कारण ट्रक रोकिएन।”

स्वचालित प्रविधिबाट चल्ने सवारी साधनहरु विगतमा पनि दुर्घटनामा परेका छन्।

उत्तम

अहिलेसम्म आएका विवरणमा लगभग सबै दुर्घटनामा मानवीय त्रुटि कारण देखिने गरेको छ।

यसै वर्षको सुरुमा उबर नामक कम्पनीले एरिजोनामा चलाएको एउटा स्वचालित गाडी सडकमा रहेको अर्को गाडीका चालकले बाटो नछाड्दा पल्टिएको थियो।

केही स्वाचलित सेवा समेत रहेको टेस्लाको मोडेल एस भनिने अर्को सवारी साधनका कारण सन् २०१६ मा एक जनाको ज्यान गएको थियो।

विज्ञहरुले यस्ता केही घटना भएपनि चालकविहीन प्रविधिका सवारी साधनले सडकलाई थप सुरक्षित बनाउने जिकिर गरेका छन्।

यसै हप्ता आरएएनडी कर्पोरेशनले प्रकाशित गरेको एउटा अध्ययनले केही कमजोरी रहेका भएपनि चालकविहीन प्रविधिलाई सञ्चालनमा ल्याउनुपर्ने तर्क गरेको थियो।

“चालक रहेका सवारी साधनको विकल्पमा स्वचालित प्रविधिका सवारीसाधनको प्रयोग अझै नगर्नुका कारण ज्यान जोगाउने अवसर गुमिरहेको छ,” उक्त प्रतिवेदनमा लेखिएको छ, “राम्रोको सट्टा उत्तमलाई प्रयोग गर्नुपर्छ।”

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com