‘भारतसँग एक शब्द बोल्दा चार पटक चश्मा मिलाउनुपर्छ, पाँच पटक दौरा तान्नुपर्छ’


प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग कुरा गर्न डराएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

देउवाले भारतसँग कुरा गर्न डराएकै कारण सीमा नाकामा हजारौं ट्रक र ट्यांकरहरु रोकिएको ओलीले बताए । कांग्रेस सभापति समेत रहेका देउवाको यसबारे भारतीय राजदूतसँग कुरा गर्ने हिम्मत नभएको तर मधेसमा गएर भारतीयलाई नागरिकता दिन संविधान संशोधन गर्छु भन्दै भाषण गरेको ओलीको आरोप छ ।

बिहीबार काठमाडौंको क्षेत्र नम्बर ४ मा एमाले उम्मेदवार राजन भट्टराईको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दैनिक हजारौं ट्यांकर र ट्रकहरु बोर्डपारि रोकिँदा प्रधानमन्त्रीले भारतसँग कुरा गर्न नसकेको बताए । ट्रक र ट्यांकर त्यहाँ रोकिदा दैनिक लाखौं रुपैयाँ नेपाली व्यवसायीले घाटा व्यहोर्नुपरेको उनले सुनाए ।

एमाले अध्यक्ष ओलीले भने, ‘मधेसतिर भाषण गर्दै हिँडेको सुनेँ, कांग्रेसलाई जिताए संविधान संशोधन गर्ने रे ! संविधान संशोधन किन गर्ने ? उताबाट आउनेलाई नागरिकता दिएर तुरुन्त राष्ट्रपति बनाउनका लागि ? नेपालमा कोही जन्मिएका छैनन् राष्ट्रपति र मुख्यमन्त्री बन्न ? कसलाई रिझाउन बोलेको ?’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मधेसका जनताको लागि संविधान संशोधनको जिम्मा एमालेले लिने भन्दै ओलीले पारिपट्टीको लागि संविधान संशोधनको जिम्मा देउवाले लिएको हुन सक्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले बोर्डवारी भाषण गर्नुभयो तर पारिपट्टीको महिनौंको लाइन छ ।’

देउवाले भारतसँग कुरा गर्न नसकेकै कारण सीमा नाकामा समस्या देखिएको ओलीको आरोप छ । ‘भारतसँग एक शब्द बोल्नुपर्‍यो भने ४ पटक चश्मा मिलाउनुपर्छ, ५ पटक दौरा तान्नुपर्छ,’ ओलीले भने, ‘उहाँ भन्न सक्नुहुन्न, भन्ने मात्रै हो भने त्यो लाइन खुल्थ्यो तर, राजदूतसँग पनि भन्ने हिम्मत पनि छैन, कठैबरि !’

देशलाई कष्ट भएको भन्दै ओलीले मंसिर २१ (दोस्रो चरणको चुनाव हुने दिन) कहिले आउला जस्तो भइसकेको बताए ।

देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले एमालेको लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाएकोमा आपत्ति जनाए । जसले पटक-पटक लोकतन्त्र दरबारमा बुझायो, उसैले लोकतन्त्रको पाठ सिकाउन नसुहाउने उनको टिप्पणी छ ।

‘देउवाजीले राणा सिध्यायौं, पञ्चायत सिध्यायौं अब सिध्याउने पालो प्रतिपक्षलाई हो भन्नुभएछ,’ उनले भने, ‘राणा सिध्याउने बेला उहाँको अस्तित्व नै थिएन, पञ्चायत सिध्याउने बेला हामी दुःख कष्ट सहदै लड्दा उहाँ लण्डनका गल्लीमा घुम्दै हुनुहुन्थ्यो, अहिले प्रतिपक्ष सिध्याउँछु भन्दै हिँड्नुभएको छ, मंसिर २१ पछि उहाँको प्रतिपक्ष सत्तामा हुन्छ र उहाँ प्रतिपक्षमै बस्ने हो ।’

राजन भट्टराई भावी परराष्ट्रमन्त्री !

एमालेका उम्मेदवार राजन भट्टराई युवा र अन्तर्राष्ट्रिय सम्बन्धको विज्ञ भएकाले सामान्य सांसदमात्र बनाउन पार्टीले टिकट नदिएको अध्यक्ष ओलीले बताए । ‘राजन भट्टराईलाई तपाईंहरुले चुनाव जिताएपछि चाबहिलबाट संसद, संसदबाट चाबहिल फर्किनमात्र टिकट दिएको होइन,’ ओलीले भने, ‘उहाँ विदेश मामिलाको प्रखर विज्ञ हुनुहन्छ, माधव नेपाल प्रधानमन्त्री हुँदा विदेश मामिला सल्लाहकार बन्नुभयो, मेरो पालामा त विदेश नीति नै बनाउनुभयो, अब बुझ्नुस् उहाँको भूमिका अबको सरकारमा के हुन्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com