अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण महत्वपूर्ण’


प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वको शक्ति सम्पन्न राष्ट्र चीन भ्रमणलाई महत्वपूर्ण घटनाका रुपमा विश्वले हेरिरहेको छ ।

राष्ट्रपति ट्रम्प बुधबार चीन पुग्नुभएको छ । उहाँ बुधबार अपराह्न चीनको राजधानी बेइजिङ पुग्नुभएको समाचारमा जनाइएको छ ।

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । त्यस्तै संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो । यस हिसाबबाट पनि क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा यी दुई देशले गर्ने सम्झौताहरुको ठूलो प्रभाव रहने छ ।

अमेरिकी राष्ट्रपतिको यो एसिया भ्रमणको मुद्दा विशेषगरी उत्तर कोरियाको आणविक कार्यक्रम बनेको छ । चीन उत्तर कोेरियाको एक प्रमुख सहयोगी राष्ट्र पनि हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस कारण पनि यी दुई देशका राष्ट्रपतिको वार्तालाप र उत्तर कोरियाका बारेमा उनीहरुले लिने नीतिले विश्व राजनीतिमा ठूलो अर्थ राख्ने विश्लेषकहरुको भनाई छ ।

चीनको राजकीय भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प आज दक्षिण कोरियाबाट चीन पुग्नुभएको हो । उहाँले एसियाका पाँच देशको १२ दिने भ्रमणका गत आइतबार जापानबाट थाल्नुभएको थियो ।

गत जनवरीमा उहाँ अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँ पहिलो पटक चीन भ्रमणमा आउनुभएको हो ।

दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति हुनुहुन्छ ।

उहाँको यो तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा हुनुहुन्छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङ र राष्ट्रपति ट्रम्पबीच चीनमा विशेष वार्ता हुनेछ । यद्यपि यो वार्ता उहाँहरुबीच पहिलो पटक भने होइन ।

उहाँहरुबीच यो तेस्रो पटक भेटवार्ता हुने भएको हो । उहाँहरुबीच गत अप्रिल महिनामा फ्लोरिडामा भेटवार्ता भएको थियो । त्यसैगरी गत जुलाई मा जि२० को सम्मेलनका क्रममा ह्याम्बर्गमा भेट भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com