दिल्लीमा तुवाँलोका कारण विद्यालयहरु बन्द


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित स्तरभन्दा ७० गुणासम्म बढी पाइएपछि त्यहाँ सबै प्राथमिक विद्यालयहरु बन्द गरिएको छ।

दिल्ली शहरका उप-मुख्य मन्त्री मनीष शिशोडियाले विद्यालयहरु कहिलेसम्म बन्द गरिरहने भन्ने बारे निर्णय लिन प्रत्येक घण्टामा अब प्रदूषणको स्थितिको निरीक्षण गरिने बताएका छन्।

दिल्लीका विद्यालयहरुलाई बाहिर खुला ठाउँमा गरिने सबै गतिविधिहरु गर्न पनि रोक लगाइएको छ।

आपत

यसअघि भारतीय मेडिकल संघ- आईएमएले जनस्वास्थ्यमा आपतकालको स्थिति आएको भन्दै सरकारलाई प्रदूषणका कारण उत्पन्न जोखिमलाई नियन्त्रण गर्न हर सम्भव प्रयास गर्नका लागि आह्वान गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिल्लीमा १९ नोभेम्बरमा आयोजना हुन लागेको हाफ-म्याराथन प्रतियोगिता पनि स्थगित गर्न आईएमएले सुझाएको छ।

विश्वकै सबभन्दा प्रदूषित मध्येको एक शहर मानिएको दिल्लीलाई लगातार दोस्रो दिन बुधबार बाक्लो तुवाँलोले ढाकेको छ।

मंगलबार एक जना वरिष्ठ डाक्टरले त्यहाँको प्रदूषणको स्तर भनेको दैनिक ५० खिल्ली चुरोट पिउनु बराबर भएको बताए।

तुवाँलो

तुवाँलोका कारण उत्पन्न समस्यालाई दर्शाउने तस्वीरहरु मानिसहरुले सामाजिक सञ्जालमा राखिरहेका छन्।

भारतीय राजधानी दिल्लीमा वर्षेनी खास गरी जाडो महिना शुरु भएपछि बाक्लो तुवाँलो फैलिने समस्या देखिने गर्छ।

गाडीबाट निस्किएका धूवाँ तथा छिमेकी राज्यहरु पञ्जाब र हरियाणामा कृषकहरुले कृषिबालीका ठुटाहरु जलाउने कार्यले वायु प्रदूषण बढाएको बताइएको छ।

साथै कम गतिको हावा, निर्माणस्थलबाट आउने धूलो, फोहोर जलाउने कार्य र चाडपर्वहरुमा पड्काइने पटाकाले दिल्लीमा वायु प्रदूषणको स्तर बढाएको बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com