दक्षिण कोरियाले अर्बौँ डलरको अमेरिकी हतियार किन्ने


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

उत्तर कोरियाली आणविक हतियारको चुनौतिबाट सुरक्षाका लागि दक्षिण कोरियाले अमेरिकासँग अर्बौँ अमेरिकी डलर बराबरको हतियार खरिद गर्ने भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको कोरियाली अधिकारीसँगको भेटपछि बताउनुभएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो,“ दक्षिण कोरियाको मुख्य सुरक्षा सहयोगी अमेरिकाले सोलको व्यालिस्टिक मिसाइलमा रहेको अघिललो भागको वजनलाई घटाउने सहमति पनि भएको बताउनुभयो ।

उत्तर कोरियाली आणविक हतियारका कारण उच्च तनाव सिर्जना भएका समय एशियाली मुलुकको भ्रमणका शिलशिलामा दुईदिने कोरिया भ्रमणमा मङ्गलबार जापानबाट सोल आउनुभएका अमेरिकी राष्ट्रपतिले भन्नुभयो, “एसियाको मुख्य अमेरिकी सहयोगी रहेको दक्षिण कोरियामा २८ हजार ५०० अमेरिकी सेना रहेको र युद्धक विमान, क्षेप्यास्त्र वा अन्य हतियार जे भएपनि ठूलो सङ्ख्यामा अमेरिकी हतियार किन्ने सहमति रहेको छ ।”

“दक्षिण कोरियाले अर्बौं डलर बराबरको हतियार तथा अन्य सामग्रीको माग गर्ने र यसले अमेरिकाको दक्षिण कोरियासँगको व्यापार घाटापनि घट्ने छ, यसबाहेक अन्य धेरै महत्वका सामग्रीको खरिदले अमेरिकी रोजगारी दरलाई पनि बढाउने उहाँले बताउनुभयो ।”
दक्षिण कोरियाली राष्ट्रपति मुनले अमेरिकी राष्ट्रपतिले भनेको हतियार सम्झौताबारे पुष्टि गर्दै यसलाई आवश्यक भन्नुभयो । उहाँले थप्नुभयो, “सोल आफ्नो प्रतिरक्षा क्षमतालाई सवल पार्न अमेरिकी रणनीतिक सामग्री किन्ने सम्झौता गर्न छलफललाई अघि बढाएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण कोरिया र अमेरिकाबीच यस पहिले रहेको सम्झौतामा दक्षिण कोरियाले क्षेप्यास्त्रमा ५०० किलोग्रामको विष्पोटक सामग्री राख्न पाउने रहेकोमा अब हुने क्षेप्यास्त्र सम्झौतामा यसलाई हटाई यसको बदलामा आणविक छाता (न्युक्लियर अम्ब्रेला) राख्ने सहमति हुनेछ । यसले सम्भावित आक्रमणलाई जोगाउनसमेत मद्दत गर्नेछ ।
उत्तर कोरियाद्वारा सिर्जना भएको आणविक खतरालाई मध्यनजर गर्दै क्षेप्यास्त्रको अघिल्लो भागमा रहने ‘वारहेड’ लाई सीमित गर्न चाहिरहेको थियो । यसमा दुबै मुलुकका अधिकारीले सेप्टेम्बरमा नै सैद्धान्तिक सहमति जनाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com