नेपाल विद्यार्थी संघले मध्यपुरथिमि– २, सानोठिमीस्थित सानो ठिमी शिक्षा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा आज तालाबन्दी गरेको छ ।
क्याम्पस प्रशासनले आंशिक प्राध्यापक नियुक्त गरेको विषयमा विरोध जनाउँदै नेविसंघले गरेको तालाबन्दीपछि नेविसंघ सानोठिमी क्याम्पस एकाइ सभापति एवं स्ववियु सानोठिमीका उपाध्यक्ष शतिश श्रेष्ठले विज्ञप्ति जारी गर्दै क्याम्पसलाई पार्टीका कार्यकताको भर्ती केन्द्र बनाएको आरोप लगाउनुभएको छ ।
विज्ञप्तिमा अनावश्यक रुपमा नियुक्त गरिएका आंशिक प्राध्यापकको नियुक्ति खारेज हुनुपर्ने र विभागीय प्रमुखको समन्वयमा आवश्यकतानुसार खुला विज्ञापनमार्फत आंशिक प्राध्यापक नियुक्त गर्न माग गरिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।