सी–ट्रम्पको बेइजिङ भेटले चीन–अमेरिकाबीचको आगामी सम्बन्ध निर्धारण गर्ने


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही बुधबारदेखि तीन दिनसम्म चीनको राजकीय भ्रमण गर्नुहुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलनपछि चीनको भ्रमण गर्ने ट्रम्प पहिलो विदेशी राष्ट्रप्रमुख हुनुहुन्छ ।

अमेरिकाका लागि चिनियाँ राजदूत कुई तियनकाईले भन्नुभयो, “हामीसँग राजकीय भ्रमणका लागि आवश्यक सबै छ, तर हामी त्यो भन्दा अझ बढी चाहन्छौँ ।”

रातो कार्पेट समारोह, औपचारिक भेटवार्ता, भोजबाहेक चिनियाँ राष्ट्रपति सी चिन पिङ र उहाँका अमेरिकी समकक्षीबीच केही अनौपचारिक विचार विमर्शसमेत हुनेछन्, चिनियाँ उपविदेशमन्त्री झेङ झेगुवाङले भन्नुभयो ।

अनौपचारिक कार्यक्रमको व्यवस्थापनबारे सूची सार्वजनिक नगरिकनै कुईले भन्नुभयो, “ट्रम्प र प्रथम महिलालाई चिनियाँ इतिहास, संस्कृति र जनताबारे जानकारी गराउन ‘केही विशेष तयारी’ रहेको छ ।”
“ट्रम्पको चीन बसाईका क्रममा दुई मुलुकको विकास र आपसीसम्बन्ध विस्तारका लागि अति महत्वपूर्ण उच्च तहको रणनीतिक छलफलका लागि प्रशस्त समय मिलाइएको छ,”उहाँले थप्नुभयो ।
शक्तिशाली मुलुकका यि दुई राष्ट्रपतिले अमेरिकाको फ्लोरिडामा गत अप्रिलमा सातघण्टा लामा वार्तालाप गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनौपचारिक कुराकानीको तयारीले दुई नेताबीचको व्यक्तिगत मित्रता र काम गर्नको लागि राम्रो वातावरण मिलाउने चाइना इन्स्टिच्युट अफ कन्टेम्पोरेरी इन्टरनेशनल रिलेसन, अमेरिकी अध्ययन विभागका निर्देशक दा वेइले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङमा रहँदा चीन र अमेरिकाबीचको व्यापारिक सहकार्य र कोरियाली प्रायदीपमा देखिएको सुरक्षा चासोका बिषयमा कुरा गर्नुहुनेछ ।

स्वस्थ आर्थिक तथा व्यापारिक सम्बन्ध दुईमुलुकबीचको सुमधुर सम्बन्धको आधार रहने चीनले जनाएको छ । अमेरिका र चीनबीच सन् १९७९ मा २.५ अर्ब अमेरिकी डलर रहेकोमा सन् २०१६ मा पाँच खर्ब २० अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको, चीनको बाणिज्य मन्त्रालयले जनाएको छ ।
अमेरिकासँग रहेको असन्तुलित व्यापारको समाधान चिनियाँ सामानको आयातलाई अमेरिकामा कडाइ गर्नुभन्दा अमेरिकाद्वारा थप सामान चीनतर्फ निर्यात गर्ने र दुईतर्फको लगानीलाई बढाउनुपर्ने झेङले जनाउनुभयो ।

“विश्वका दुई शक्तिशाली अर्थतन्त्रकाबीच आर्थिक सम्बन्ध परस्पर फलदायी रहेको छ र रहनुपर्छ,” राजदूत कुईले भन्नुभयो । “चीनले सधै कोरियाली प्रायदीपमा आणविक निशस्त्रीकरणको पक्षमा आफ्नो मत राख्दै आएको र यसलाई वार्ताद्वारा समाधान गर्नुपर्छ,” झेङले बताउनुभयो ।
सी र ट्रम्पको गत अप्रिलमा भएको सय दिने आर्थिक सहकार्य बढाउने कार्य योजना अनुसार गत जुलाईमा अमेरिकी गाईको मासुलाई चिनियाँ बजारमा खुला गर्ने सम्झौतापछि अमेरिकी गाईको मासु चिनियाँ बजारमा सुलभ भएको छ ।
चार उच्चस्तरीय वार्ता संयन्त्रले कल्पना गरेबमोजिम कुटनीति र सुरक्षा, अर्थतन्त्र, साइबर सुरक्षा र सामाजिक तथा जनता–जनताबीचको आदानप्रदानबाट आपसी सहकार्यमा प्रगति भएको बताइन्छ ।

ट्रम्पको साथ अमेरिकी बाणिज्यमन्त्री विल्बर रोसले व्यापारिक प्रतिनिधिमण्डल पनि आउने चीनको अपेक्षा छ ।

चीन–अमेरिका सम्बन्ध नयाँ युगमा

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ सम्मेलनपछि हुनलागेको अमेरिकी राष्ट्रपतिको भ्रमण दुईदेशको परस्पर फाइदाका लागि हुनेछ अर्थात् दुवैको जीतको रणनीतिक शुरुवातका लागि हुनेछ ।

“भर्खरै सकिएको चिनियाँ कँग्रेसले चीनको आगामी कुटनीतिको रूपरेखा तयार गरेको छ,” चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिजका जिउदोङले बताउनुभयो ।

चीन–अमेरिका सम्बन्ध अन्तर्राष्ट्रिय सम्बन्ध र मानवताका लागि समुदायको साझा भविष्यका लागि निर्णायक रहेको जिदोङले जोड दिनुभयो ।
ट्रम्पले वासिङ्टनको नेतृत्व सम्हालेपछि दुवै नेताबीच निकटको सम्बन्ध स्थापित भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com