कांग्रेसलाई प्रचण्डको सुझाव- तपाईंहरु मिल्नुस्, वीपीको आदर्शतिर फर्किनुस्


प्रकाशित मिति : कार्तिक १९, २०७४ आईतबार

१९ कात्तिक, चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई आपसमा मिल्न र वीपी कोइरालाको आदर्शलाई अंगाल्न सुझाव दिएका छन् । वामपन्थी गठवन्धनबाट आतंकित नहुन पनि उनले आग्रह गरे ।

चितवनको चनौलीमा आइतबार पार्टी कार्यालय उदघाटन गर्दै प्रचण्डले कांग्रेस आफ्नै कारणले कमजोर हुँदै गएको बताए । उनले भने, ‘नेतृत्व संकटले कांग्रेस कमजोर बन्दैछ । तपाईंहरु पनि मिल्नुस् । बीपीको आदर्शतिर फर्किनुस् त्यो नै देश र कांग्रेसको पनि हितमा हुन्छ ।’

पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नं. ३ का उम्मेदवार समेत रहेका प्रचण्डले चितवनको अभिमत लिएर देशको नेतृत्व गर्ने अठोटका साथ आफू अघि बढेको बताए ।

स्थीर सरकारले मात्र दीगो विकास र समृद्धि हासिल गर्न सकिने भन्दै उनले त्यसैका लागि वाम गठवन्धन आवश्यक परेको प्रष्ट्याए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘हामीले राजनीतिक स्थीरता खोजेका छौं, विकास खोजेका छौं,’ प्रचण्डले भने, ‘हामी स्थीर सरकार बनाएर देशलाई विकास र समृद्धिको नयाँ चरणमा लैजान चाहन्छौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com