रियादमा क्षेप्यास्त्र नष्ट: साउदी अरेबिया


प्रकाशित मिति : कार्तिक १९, २०७४ आईतबार

साउदी अरेबियाले यमनबाट प्रहार गरिएको बलिष्टिक क्षेप्यास्त्र नष्ट गरेको बताएको छ।

विमानस्थलतस्वीर किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल रियादको उत्तरमा अवस्थित छ

शनिबार साँझ रियाद विमानस्थल नजिकै ठूलो विस्फोटको आवाज सुनिएको थियो।

राजधानीको आकाशमा क्षेप्यास्त्र नष्ट गरिएको र त्यसका स-साना अंश विमानस्थल क्षेत्रमा खसेको साउदी प्रेस एजेन्सीले अधिकारीहरुलाई उदृत गर्दै जनाएको छ।

यमनस्थित हुथी विद्रोही सम्बद्ध टीभी च्यानलले जनाए अनुसार क्षेप्यास्त्र किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल लक्षित थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हवाइ ट्राफिक

हवाइ उड्डयन अधिकारीहरुले हवाइ ट्राफिक प्रभावित नभएको बताएका छन्।

साउदी फौजले यस अघि पनि हुथी क्षेप्यास्त्र नष्ट गरेको भन्ने खबरहरु प्रकाशित हुने गरेका थिए तर घना जनसंख्या नजिकै नष्ट गरिएको यो पहिलोपटक हो।

यमनस्थित साउदी नेतृत्वको सैन्य गठबन्धनका एकजना प्रवक्ता टुर्की अल-मलिकीले भने, “क्षेप्यास्त्र संघन जनसंख्या भएको ठाउँमा प्रहार गरेर सर्वसाधारणलाई निशाना बनाउन खोजियो।”

नष्ट भएका अंशहरु विमानस्थलमा मानिस नबस्ने स्थलमा खसेको उनले बताए।

प्रत्यक्षदर्शीहरुले विमानस्थलको कार पार्कमा पनि टुक्राटाक्री खसेको बताए।

क्षति

हुथीहरुले अमेरिकी राष्ट्रपति रियाद आइपुग्ने अघिल्लो दिन गत मे महिनामा पनि रियादतर्फ क्षेप्यास्त्र प्रहार गरेका थिए।

तर राजधानीबाट २०० किलोमीटर टाढै त्यसलाई नष्ट गरिएको थियो।

यमनमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्रपति आबुदराबी मन्सुर हाडी र हुथी विद्रोही अभियान सम्बद्धहरुबीच युद्ध जारी रहँदा ठूलो क्षति भएको छ।

साउदी अरेबियाले हुथी विद्रोहीलाई परास्त पार्न अन्तर्राष्ट्रिय गठबन्धनको नेतृत्व गर्दै सन २०१५ देखि उनीहरुमाथि कारवाही गर्दै आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com