एमालेका पोलिटव्यूरो सदस्यसहित दर्जन बढी बागी उम्मेदवार


प्रकाशित मिति : कार्तिक १७, २०७४ शुक्रबार

१७ कात्तिक,काठमाडौं । एमालेले वामपन्थी गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्ता सबैलाई तत्काल आआफ्नो उम्मेदवारी फिर्ता लिएर चुनावी अभियानमा संलग्न हुन निर्देशन दिएको छ ।

दोस्रो चरणको उम्मेदवारी मनोनयनका क्रममा टिकट वितरण र सिट भागबण्डामा असन्तुष्टि जनाउँदै पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडासहित केही जिल्लाका नेता कार्यकर्ता प्रतिनिधिसभा र प्रदेशसभामा वागी उम्मेदवार बनेका छन् ।

एमालेले उम्मेदवार फिर्ता नलिएमा वागी उम्मेदवार बन्ने जोकोही माथि अनुशासनको कारवाही हुने र कम्तिमा ५ वर्ष पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरिने जनाएको छ ।

यसअघि पहिलो चरणमा बागी उम्मेदवारी दिएकामध्ये सोलुखुम्बु (क)का लोचन शर्मा बाहेक सबैले फिर्ता लिइसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म उदयपुर,काठमाडौं,भक्तपुर,बारा,सर्लाही लगायतका केही जिल्लामा बागी उम्मेवारीको सूचना प्राप्त भएको एमाले पोलिटव्यूरो सदस्य बिष्णु रिमालले बताए । उनले पार्टीको निर्णय अनुसार सबैले स्वतन्त्र उम्मेदवारी फिर्ता लिने दावी गरे ।

रिमालले भने,’यो पार्टीमा ५ लाख सदस्य छन्,सबैले टिकट पाउदैनन् र पाएका छैनन् । म पनि पार्टीको पोलिटव्यूरो सदस्य हुँ,मैले समानुपातिक र प्रत्यक्ष कतै टिकट पाइन । त्यसो भन्दैमा बागी उठ्दै हिड्न मिल्दैन ।’

पार्टीका पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडानै उदयपुर २ मा वामपन्थी गठबन्धनका माओवादी उम्मेदवार सुरेशकुमार राई विरुद्ध बागी उठेपछि एमालेमा खैलाबैला मच्चिएको छ । खतिवडा सो क्षेत्रबाट टिकटक एकल दाबेदार थिए ।

तर क्षेत्र बाँडफाँडका क्रममा क्षेत्र नम्बर १ एमालेले लिएर २ माओवादीलाई दिएपछि खतिवडा असन्तुष्ट बनेका हुन् । त्यसो त सो क्षेत्रमा माओवादीकै जिल्ला नेता विनोद खड्का पनि बागी उम्मेदवार छन् । खतिवडा माधव नेपाल पक्षका प्रभावशाली नेता हुन् ।

उदयपुरको प्रदेशसभातर्फ पनि १ को (क)मा जिल्ला कमिटी सचिवालय सदस्य कुशलबाबु बस्नेत बागी उम्मेदवार बनेका छन् । सो क्षेत्रमा पार्टीले विमल कार्कीलाई टिकट दिएको छ ।

मोरङ ३ मा पनि एमालेका पुराना डीपी राई प्रदेशसभा (ख) मा बागी उम्मेदवार उठेका छन् । पटक पटक संसदको टिकटको दाबेदार बनेर पनि टिकट नपाएपछि पीडित बनेका राई यसपटक पनि नेतृत्वले अन्याय गरेको भन्दै स्वतन्त्र उम्मेदवार बनेका छन् ।

त्यस्तै सिन्धुलीमा केन्द्रीय सदस्य गणेश पहाडी विरुद्ध क्षेत्र नम्बर १ मा एमालेका जिल्ला नेता रामकुमार कार्की बागी उम्मेदवार बनेका छन् । भक्तपुर १ मा वामपन्थी गठबन्धनका उम्मेदवार विरुद्ध एमाले जिल्ला सचिव हरिशरण लामिछाने बागी उम्मेदवार बनेका छन् ।

काठमाडौं २ मा बरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध जिल्ला कमिटी सदस्य पिएल श्रेष्ठ बागी उम्मेदवार बनेका छन् भने काठमाडौं ७ (क)मा पनि जिल्लाका प्रभावशाली नेता श्याम घिमिरे बागी उम्मेदवार छन् ।

बारा ३ मा को (क)मा जिल्ला नेता भरत खड्का र सर्लाही १ (ख) मा जिल्ला सचिव बेची लुङ्गेली बिरुद्ध जिल्लाका नेता गोविन्द अधिकारी बागी उम्मेदवार बनेका छन् । त्यस्तै एमालेका बागी उम्मेदवार रुपन्देहीमा पनि खडा भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com