क्याटलोनिया संकट: बार्सिलोनामा हजारौंको विरोध प्रदर्शन


प्रकाशित मिति : कार्तिक १७, २०७४ शुक्रबार

स्पेनबाट क्याटलोनियाको स्वतन्त्रताका लागि दबाब दिएर बर्खास्त भएका ८ जना क्षेत्रीय मन्त्रीहरुलाई थुनामा राखेको विरोधमा हजारौं क्याटलानहरु सडकमा उत्रिएका छन्।

स्पेनको उच्च अदालतमा उपस्थित भएका ती मन्त्रीहरुमाथि सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोप लगाइएको छ।

स्पेनी न्यायाधीश कारमेन लामेलाले ती मन्त्रीहरुले देश छोड्न वा प्रमाणहरु नष्ट गर्नसक्ने भन्दै उनीहरुलाई थुनामा राख्न आदेश दिएका थिए।

अभियोजनकर्ताहरुले उनीहरुमाथि स्पेनबाट क्याटलोनिया छुट्याउने प्रयास गरेर देशद्रोह गरेको आरोप लगाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संवैधानिक संकट

स्पेनबाट स्वतन्त्र हुनका लागि गत अक्टोबर १ मा भएको जनमत संग्रह यता स्पेन संवैधानिक संकटबाट गुज्रिरहेको छ।

उक्त जनमत संग्रहलाई त्यहाँको संवैधानिक अदालतले गैरकानुनी भनेको थियो।

गत साता स्पेनका प्रधानमन्त्री मारिआनो रखोइले क्याटलोनियाको क्षेत्रीय संसद विघटन गरेर त्यहाँ प्रत्यक्ष शासन लागू गरेका थिए।

उनले डिसेम्बर २१ तारिखमा त्यहाँ स्थानीय निर्वाचनको आह्वान समेत गरेका छन्।

घोषणा

क्याटलान सांसदहरुले उत्तर पूर्वको सम्पन्न क्षेत्र क्याटलोनियालाई स्वतन्त्र घोषणा गर्ने पक्षमा मतदान गरेपछि प्रधानमन्त्री राखोयले यस्तो घोषणा गरेका थिए।

बिहीबार बार्सिलोनास्थित क्याटलोनियाको क्षेत्रीय संसद भवनबाहिर हजारौं मानिसहरु भेला भएका छन्।

ती मध्ये थुप्रैले क्याटलान झण्डा र ‘राजनीतिक बन्दीहरुका लागि स्वतन्त्रता’ भन्ने नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए।

त्यस्तै खालको प्रदर्शनहरु क्याटलोनियाको सहरहरुमा पनि भएका छन्।

क्याटलोनिया, विरोध प्रदर्शन, क्षेत्रीय संसद, मन्त्रीहरुतस्वीर कपीराइटRADIO TELEVISION ESPANOLA

आह्वान

त्यहाँका राजनीतिक पार्टी र नागरिक समूहहरुले पनि अदालतको कदमको निन्दा गरेका छन्।

यसैबीच, बेल्जियमबाट दिएको भिडियो सन्देशमा बर्खास्त गरिएका क्याटलान नेता कारलस पुज्डमोनले ती क्षेत्रीय मन्त्रीहरुको रिहाइका लागि आह्वान गर्दै भने, “क्याटलोनियाको बैधानिक राष्ट्रपतिको हैसियतले म आफ्नो मन्त्रिपरिषदका सबै सदस्यहरुको रिहाइको माग गर्दर्छु। म सबै राजनीतिक उपायहरुको सम्मान गर्न र राजनीतिक दमनको अन्त्य गर्न पनि माग गर्छु।”

पुज्डमोनको गिरफ्तारीका लागि युरोपेली पक्राउ पूर्जी अझै जारी गरिएको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com