रोहिंज्या संकट: सूची रखाइन प्रान्तमा


प्रकाशित मिति : कार्तिक १६, २०७४ बिहीबार

म्यानमारकी नेतृ आङ साङ सूची हिंसाबाट प्रभावित रखाइन प्रान्त पुगेकी छन्।

सरकारी अधिकारीहरुले सूचीले एक दिने अघोषित यो भ्रमणका क्रममा क्षेत्रीय राजधानी सिट्वे र अन्य सहरहरुको भ्रमण गर्न लागेको बताएका छन्।

एक दिने यो भ्रमण यसअघि घोषणा गरिएको थिएन।

गत अगष्ट यता चार लाख भन्दा बढी रोहिंज्याहरु म्यानमारबाट भागेर बांग्लादेश पुगेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आलोचना

रोहिंज्या मुसलमानहरुविरुद्धको सैन्य कारवाही नरोकेको भन्दै उनको आलोचना विश्व समुदायमा भएको थियो।

यसअघि म्यानमारका लागि मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघकी विशेष प्रतिनिधिले सूचीले त्यहाँका रोहिंज्या मुसलमान अल्पसंख्यकलाई सुरक्षा दिन विफल भएको भन्दै आलोचना गरेकी थिइन्।

रखाइन प्रान्तस्थित प्रहरी चौकीमा घातक हमलाहरु भएपछि उक्त क्षेत्र थप तनावग्रस्त बनेको थियो।

उक्त हमलाको दोष लडाकु समूह अराकन रोहिंज्या स्यालभेसन आर्मी (एआरएसए) माथि लगाइएको थियो।

सैन्य कारवाहीका क्रममा थुप्रै मानिसहरु मारिएका थिए र त्यहाँका थुप्रै गाउँहरुमा आगो लगाइएको थियो।

आरोप

म्यानमारको सेनाले आफ्ना कारवाहीहरु सर्वसाधारणमा नभइ लडाकुहरुमा लक्षित रहेको दोहोर्याएको छ।

सूचीले रोहिंज्याहरुको कुनै गाउँको भ्रमण गर्ने छिन् कि छैनन् भन्ने तत्काल स्पष्ट भएको छैन।

सेप्टेम्बरमा गरेको एउटा महत्वपूर्ण भाषणका क्रममा उनले अधिकारको हनन भएको भन्दै रखाइनमा भएको हिंसाको निन्दा गरेकी थिइन्।

तर उनले सेनालाई आरोप लगाउने काम गरिनन् र जातीय सफायाको आरोपबारे पनि केही बोलेकी थिइनन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com