दक्षिण कोरियाले आणविक अश्त्र बनाउदैन– राष्ट्रपति मुन


प्रकाशित मिति : कार्तिक १५, २०७४ बुधबार

South Korea’s new President Moon Jae-In speaks during a press conference at the presidential Blue House in Seoul on May 10, 2017. Moon was sworn in just a day after a landslide election victory, and immediately declared his willingness to visit Pyongyang amid high tensions with the nuclear-armed North. / AFP PHOTO / POOL / JUNG YEON-JE (Photo credit should read JUNG YEON-JE/AFP/Getty Images)

सोल, १५ कात्तिक (रासस) : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउने बताउनुभएको छ ।

दक्षिण कोरियाली संसदलाई बुधबार सम्बोधन गर्दै उहाँले भन्नुभयो– दक्षिण कोरियाले अरु कुनै देशसँग आणविक हतियारको होड गर्नेछैन र यस्तो अश्त्र पनि बनाउने छैन ।

उहाँले दक्षिण कोरियाली सरकारको अहिलेको उद्देश्य र सिद्धान्त भनेको निशस्त्रीकरण रहेकोले यसका माध्यमबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुने अपेक्षा गरिएको पनि सो सम्बोधनका क्रममा बताउनुभएको थियो ।

उहाँले आफ्नो सरकारले विशेषगरी कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कार्यलाई पहिलो प्राथमिकतामा राखेको भन्दै यसका माध्यमबाट समग्र एसिया तथा क्षेत्रीय रुपमा शान्तिका लागि सहयोग पुग्ने धारणा पनि राख्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस क्षेत्रमा स्थायित्व र शान्तिको आवश्यकता छ भन्ने कुरामा आफ्नो सरकार प्रतिबद्ध रहेको र यसका लागि दक्षिण कोरियाले ठूलो प्रयत्न गरिरहेको धारणा पनि सो सम्बोधनका क्रममा राख्नुभएको थियो ।

बुधबार उहाँले गर्नुभएको यो सम्बोधन उहाँ राष्ट्रपति भएपछिको दोस्रो सम्बोधन हो । उहाँले आफ्नो यस सम्बोधनका क्रममा निशस्त्रीकरणलाई नै बढी मात्रामा जोड दिनुभएको थियो ।

उहाँले सो सम्बोधनको प्रमुख अंश शान्ति स्थापनालाई बनाउनुभएको र उत्तर कोरियालाई शान्तिप्रति इमान्दार बन्न आग्रह गर्नुभएको थियो । त्यस क्रममा उहाँले उत्तर कोरियाले बारम्बार आणविक होड देखाएर ठूलो गल्ती गरेको पनि बताउनुभएको थियो ।

उहाँले उत्तर कोरियाको समस्या पनि शान्तिपूर्ण रुपमा समाधान गर्नुपर्नेमा जोड दिनुभयो । हाल उत्तर कोरियाका विरुद्धमा लगाइएको नाकाबन्दी भनेको उसलाई शान्तिपूर्ण रुपमा समाधानका लागि वार्तामा आउन दिइएको अवसर हो भन्नुभयो ।

यसरी हतियारको मात्र प्रदर्शनले ध्वंस बाहेक अरु केही नहुने भएकाले आगामी दिनमा उसले पनि शान्तिका लागि प्रयत्न गर्नुपर्ने उसँग कुनै समस्या छ भने पनि शान्तिवार्ताको माध्यमबाटै खोज्नुपर्नेमा जोड दिनुभएको समाचारमा जनाइएको छ ।

उता उत्तर कोरियाले भने बारम्बार आणविक हतियारको परीक्षण गर्दै आएको छ । उत्तर कोरियाले गएको अगष्ट महिनामा पनि पछिल्लो पटक शक्तिशाली आणविक परीक्षण पनि गरेको छ ।

सो आणविक परीक्षणको विश्वव्यापी रुपमा नै वरोध पनि भइआएको छ । उक्त परीक्षणका कारण दक्षिण कोरिया, जापान र अमेरिकालाई अरु देशको तुलनामा बढी मात्रामा तनाव गराएको बताइन्छ ।

सोही कारण पनि दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनामा जोड दिँदै आएको छ । कोरियाले उत्तर कोरियालाई यसअघि पनि बारम्बार शान्तिवार्तामा जोड दिँदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com