अमेरिकी, इयू निर्वाचनमा रसियाली हस्तक्षेप भएका आरोप आधारहीनः लाभरोभ


प्रकाशित मिति : कार्तिक १५, २०७४ बुधबार

मस्को, रसिया, कात्तिक  : रसियाले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचन तथा यूरोपियन यूनियन (इयू) को निर्वाचनमा हस्तक्षेप गरेको भनी लगाएका आरोप आधारहीन भएको भन्दै यसबारे उनीहरू कुनै प्रमाण पेश गर्न असफल भएका बताएको छ ।
मंगलबार रसियाली विदेशमन्त्री सर्गेई लाभरोभले इयूका व्यापारिक संगठनको एक बैठकका क्रममा बताउनुभयो, “हामीले सवै निर्वाचनमा हस्तक्षेप गर्न गइरहेको मात्र नभै वाताबरणलाई नै धमिल्यानेतर्फ उद्दत हुने गरेको भन्ने चर्चा सुनिएको र तीनमा कुनै सत्यता छैन । ”
उहाँले थप्नुभयो, “विभिन्न कालखण्डमा आरोप त लगाइए तर पुष्टिका लागि कसैले एउटै प्रमाणपनि पेश गर्न सकेको छैन ।”

अमेरिका तथा यसका सहयोगीले रसियामाथि केही कम्पनीलाई टाट उल्टाउन लागेको र ‘मानव सिर्जित विनाससमेतको’ आरोप लगाए तर तिनीहरूको कुनै प्रमाण नभएको वा ती फगत आरोपमात्रै रहेको उहाँको दावी थियो ।
अमेरिकी निर्वाचनमा रसियाली हस्तक्षेपको आरोपलाई अमेरिकामा करिब नौ महिना बहसमा ल्याइयो तर तिनीहरूको प्रमाण सार्वजनिक भएका छैनन् ।

अनुसन्धानमा अमेरिकी कँग्रेस र विशेष परिषद्मा धेरै अधिकारीले सहभागीता जनाए, अबत सञ्चारमाध्यममा सूचना चुहिने थियो ।
त्यसकारण गोपनियाता सम्बन्धि आरोप खाली बेतुकका आरोप बाहेक केही होइनन्, रसियाली नेता लाभरोभले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com