पत्रिकाका फ्रन्टपेजः निर्वाचन रोक्न मुद्दैमुद्दा


प्रकाशित मिति : कार्तिक १४, २०७४ मंगलबार

१४ कात्तिक, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिँदै गर्दा एकपछि अर्को मुद्दा अदालतमा परेको छ । यसले न्यायालय विवादमा मुछिने खतरा बढेको खबर आजका पत्रपत्रिकाले छापेका छन् । कांग्रेसको घोषणापत्रलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका पत्रिकाहरुले यसका विविध पक्ष पनि केलाएका छन् ।

निर्वाचन रोकिनुपर्ने मागसहित दर्ता भएका पुराना मुद्दा थाती रहेकै अवस्थामा समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र छाप्ने कार्य गैरकानुनी रहेको प्रश्न उठाउँदै बदर गर्न मागसहित सोमबार सर्वोच्च अदालतमा फेरि अर्को विषयले प्रवेश पाएको छ । समानुपातिकतर्फ भाग लिन आयोगमा दर्ता भएका दलको संख्याभन्दा बढी निर्वाचन चिहृन छापिएको प्रश्न उठाउँदै सोमबारै अर्को रिटसमेत परेको छ । समानुपातिकका लागि ४९ वटा दल दर्ता भए पनि कानुनविपरीत हुने गरी निर्वाचन चिहृन भने ८८ वटा छापिएकाले बदर गर्न माग गरिएको हो ।

यसैगरी राजपाका सर्वेन्द्रनाथ शुक्लले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा सोमबारै मुद्दा हालेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com