‘ट्रम्पका सल्लाहकारले झुटो बोले’


प्रकाशित मिति : कार्तिक १४, २०७४ मंगलबार

राष्ट्रपति टू्म्परुस र ट्रम्प दुबैले आफुहरुब‌ीच त्यस्तो कुनै संबन्ध नरहेको बताउँदै आएका छन्

राष्ट्रपति टू्म्पको चुनावी अभियानका एकजना सल्लाहकारले रुसका लागि काम गर्ने शंका गरिएका मानिसहरुसँगको बैठकबारे अनुसन्धानकर्ताहरुसंग झुटो बोलेको स्वीकारेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड टू्म्पका एकजना चुनावी सल्लाहकार जर्ज पापादोपुलसले चुनावी अभियानकै बेला रुसकालागि काम गर्ने शंका गरिएका एकजना व्यक्तिसँग भेटघाट गरेको स्वीकारेका छन्।

उनले रुसीहरुसँग हिलरी क्लिन्टनको अभियानलाई नोक्सान पुग्ने खालका सूचना भएको आफूलाई बताइएको जनाए।

गत वर्षको अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्रयाट पार्टीकी उम्मेदवार क्लिन्टन ट्रम्पसंग पराजित भएकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुस र ट्रम्पको चुनावी अभियानबीच साठगाँठ रहेको भन्ने आशंकाबारे छानबीन गरिरहेका रबर्ट मुलरले जर्ज पापुदोपुलसविरुद्ध मुद्दा दायर गरेका छन्।

रुस र ट्रम्प दुवैले आफूहरुब‌ीच त्यस्तो कुनै सम्बन्ध नरहेको बताउँदै आएका छन्।

नोक्सान

विश्लेषकहरु भन्छन्, यो मुद्दाले राष्ट्पति ट्रम्पलाई नोक्सान पुग्नसक्छ।

अमेरिकाको संघीय जाँच व्युरो एफबीआइ ले गत जनवरी महिनामा सोधपुछ गर्दा जर्ज पापादोपुलसले आफु ट्रम्पको चुनावी अभियानमा संलग्न हुनुअघि रुससँग सम्बन्ध भएका दुईजनालाई भेटेको बताएका थिए।

तर पछि उनले ट्रम्पको चुनावी अभियानमै संलग्न रहेका बेला उनीहरुसँग भेटघाट गरेको पाइएको थियो।

उनले भेटेका व्यक्तिहरुमा नाम नखुलाइएकी एकजना रुसी महिला तथा नाम नखुलाइएका लण्डनमा कार्यरत एकजना प्राध्यापक रहेको बताइएको छ।

यसअघि ट्रम्पका पूर्व चुनावी अभियान व्यवस्थापक पल म्यानाफोर्ट तथा उनका एकजना व्यावसायिक सहयोगी रिक गेट्सविरुद्ध कर छलीसंग संबन्धित मुद्दाहरु लगाइएको सार्वजनिक भएको थियो।

तर ती मुद्दा राष्ट्रपति ट्रम्पको चुनावी अभियानसंग सम्बन्धित नरहेको बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com