ट्रम्पद्वारा रुससँगको ‘साठगाँठ’ अस्वीकार


प्रकाशित मिति : कार्तिक १४, २०७४ मंगलबार

ह्वाइट हाउसले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको चुनावी अभियान र रुसबीचको सम्भावित साठगाँठलाई लिएर गरिएका गिरफ्तारीबाट आफूलाई टाढै राखेको छ।

ट्रम्पको चुनावी अभियानका पूर्व व्यवस्थापक पल म्यानाफोर्टले अभियानमा संलग्न हुनुभन्दा केही वर्षअघि युक्रेनसँग आफूले गरेको व्यावसायिक लेनदेनलाई ढाकछोप गरेको भन्ने आरोप अस्वीकार गरेका छन्।

त्यसपछि ट्रम्पले आफ्नो चुनावी अभियान र रुसबीच कुनै साठगाँठ नरहेको भन्दै ट्वीट गरेका छन्।

म्यानाफोर्टका सहयोगी रिक गेट्सले पनि कालो धनलाई सेतो बनाएको भन्ने आरोप अस्वीकार गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्बन्ध

ह्वाइट हाउसकी एकजना प्रवक्ताले दुई जनाविरुद्ध लगाइएका आरोप र ट्रम्पको चुनावी अभियानबीच कुनै सम्बन्ध नरहेको बताएकी छन्।

उनले चुनावी अभियानका पूर्व विदेश मामिला सल्लाहकार जर्ज पापुदोपुलसमाथि लगाइएका आरोपसँग पनि कुनै सम्बन्ध नरहेको बताइन्।

रुस

मस्कोले पनि ट्रम्पको चुनावी अभियानमा आफ्नो संलग्नता रहेको भनी आरोपको खण्डन गर्दै आएको छ।

पापुदोपुलसले क्रेम्लिनका अधिकारीहरुसँग सम्बन्ध भएका एकजना रुसी प्राध्यापकलाई भेटेको विषयमा आफूले झुटो बोलेको केन्द्रीय जाँच ब्यूरो एफबीआइसमक्ष स्वीकार गरेका छन्।

मुद्दा

उनले रुसीहरुसँग हिलरी क्लिन्टनको चुनावी अभियानलाई नोक्सान पुग्ने किसिमका सूचना भएको आफूलाई बताइएको जनाए।

गत वर्षको अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्र्याट उम्मेदवार क्लिन्टन ट्रम्पसँग पराजित भएकी थिइन्।

रुस र ट्रम्पको चुनावी अभियानबीच साठगाँठ रहेको भन्ने आशंकाबारे छानबिन गरिरहेका रबर्ट मुलरले पापुदोपुलसविरुद्ध मुद्दा दायर गरेका छन्।

एकजना बीबीसी संवाददाता भन्छन्, पछिल्ला आरोपहरुबाट राष्ट्रपतिलाई अझ बढी नोक्सान पुग्नसक्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com