वायुमण्डलमा कार्बन डाइअक्साइडको कीर्तिमान स्तर


प्रकाशित मिति : कार्तिक १३, २०७४ सोमबार

सन् २०१६ मा पृथ्वीको वायुमण्डलमा तापक्रम वृद्धि गराउने ग्रीनहाउस ग्यास मध्य पर्ने कार्बन डाइअक्साइड कीर्तिमान स्तरको परिमाणमा पाइएको छ।

विश्व मौसम संस्था वर्ल्ड मेटियोरोलोजिकल अर्गनाइजेशन डब्लुएमओका अनुसार मानव गतिविधि तथा एल नीनो भनिने मौसमी प्रक्रियाका कारण उक्त समयमा वितेको ८ लाख वर्षयता सबभन्दा धेरै परिमाणमा कार्बन डाइअक्साइड वायुमण्डलमा थुप्रिएको हो।

कारण र प्रभाव

सन् २०१६ मा कार्बन डाइअक्साइडको परिमाणमा देखिएको उक्त वृद्धि अघिल्लो दश वर्षको औसतको तुलनामा पचास प्रतिशत बढी हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुसन्धानकर्ताहरुले त्यतिखेर एल निनोको प्रभावका कारण उत्पन्न सुख्खाको अवस्थामा बोटबिरुवाले कार्बन डाइअक्साइड कम सोस्न सक्ने हुँदा उक्त ग्यास धेरै परिमाणमा वायुमण्डलमा रहने अनुमान गरेका थिए।

तर यति धेरै परिमाणमा रहला भनेर चाहिं उनीहरुले पनि अपेक्षा नगरेको बताइएको छ।

वैज्ञानिकहरु भन्छन् यो आँकडाले विश्वव्यापी तापमान वृद्धि घटाउने अन्तर्राष्ट्रिय लक्ष्य भेट्न अब लगभग असम्भव हुने जोखिम देखिन्छ।

वायुमण्डलमा द्रुत गतिले बढिरहेको कार्बन डाइअक्साइडले, अध्ययनका अनुसार, ‘मौसम प्रणालीमा अनुमान गर्न नसकिने परिवर्तनहरु ल्याउन सक्छ जसले गम्भीर वातावरणीय तथा आर्थिक दूष्प्रभाव निम्तिन सक्छ।’

विज्ञहरुका अनुसार हालको जस्तै परिमाणमा पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइड यसअघि तीस देखि पचास लाख वर्ष पहिलेको मध्य-प्लायोसिन कालमा देखापरेको थियो।

त्यतिखेरको तापमान दुई देखि तीन डिग्री सेल्सियसले बढी थियो भने समुद्र सतह पनि ग्रीनल्याण्ड तथा पश्चिमी एन्टार्टिक क्षेत्रका विशाल वरफका ढिक्का पग्लिएकाले १० देखि २० मिटर बढी थियो।

जलवायु क्षेत्रका अन्य विज्ञहरुले डब्लुएमओको पछिल्लो आँकडालाई चिन्ताको विषय भनेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com