उत्तर कोरियालाई तीन देशको चेतावनी


प्रकाशित मिति : कार्तिक १३, २०७४ सोमबार

अमेरिका, दक्षिण कोरिया र जापानका वरिष्ठ रक्षा अधिकारीहरुले परमाणु अस्त्र निर्माण गर्ने ‘विध्वंसात्मक र लापरवाहपूर्ण बाटो’देखि टाढै बस्न उत्तर कोरियालाई भनेका छन्।

हवाईस्थित अमेरिकी प्यासिफिक कमाण्डको मुख्यालयमा आइतवार वार्ता गरेपछि तीन देशका अधिकारीहरुले संयुक्त रुपमा प्योङयाङलाई आग्रह गरेका हुन्।

वार्तामा उनीहरुले प्योङयाङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमबारे छलफल गरेको बताइएको छ।

अमेरिकी सेनाद्वारा जारी एउटा वक्तव्यमा उत्तर कोरियालाई ‘गैरजिम्मेवारपूर्ण उक्साउने गतिविधिदेखि पर बस्न’ आग्रह गरिएको उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘परमाणु शक्ति सम्पन्न स्वीकार्य हुँदैन’

‘परमाणु कार्यक्रमबारे वार्ता गर्न सकिन्न’

तनाव

केही दिनअघि मात्रै अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो मुलुकले परमाणु शक्ति सम्पन्न उत्तर कोरिया कहिल्यै स्वीकार नगर्ने बताएका थिए।

त्यसअघि एकजना उत्तर कोरियाकी कूटनीतिज्ञ च्वे सन-हीले उत्तर कोरियालाई परमाणु शक्ति सम्पन्न राष्ट्रका रुपमा स्वीकार्न अमेरिका ‘तयार हुनुपर्ने’ बताएकी थिइन्।

किमतस्वीर कपीराइटREUTERS

प्योङयाङले पछिल्लो समय लगातार क्षेप्यास्त्र तथा पारमाणविक परीक्षणहरु गर्न थालेपछि कोरियाली प्रायद्वीपमा तनाव बढेको हो।

प्योङयाङको क्षेप्यास्त्र तथा पारमाणविक कार्यक्रमलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अन व्यक्तिगत रुपमा आरोपप्रत्यारोपमा संलग्न हुँदै आएका छन्।

जापानमाथि क्षेप्यास्त्र पहिलो कदम: उत्तर कोरिया

एक पाइला पनि पछि हट्दैनौँ: उत्तर कोरिया

सुझाव

हालै उत्तर कोरियालाई ‘नष्ट गरिदिने’ चेतावनी दिएका ट्रम्पले किम जङ-अनलाई ‘आत्मघाती अभियानमा लागेका क्षेप्यास्त्र मान्छे’ भनेका थिए।

जवाफमा किम जङ-अनले ट्रम्पले संयुक्त राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको ‘कुकुरको आवाज’ को संज्ञा दिएका थिए।

ट्रम्पले आफ्ना विदेशमन्त्री रेक्स टिलर्सनलाई उत्तर कोरियासँग वार्ता गर्ने प्रयासमा समय खेर नफाल्न सुझाव समेत दिएका थिए।

ट्रम्पले ट्वीट गरेका थिए, “रेक्स तिमीले आफ्नो ऊर्जा जोगाऊ, हामीले जे गर्नुपर्छ त्यो गर्छौँ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com