बूढानीलकण्ठलाई विश्वसम्पदामा सूचीकृत गराउन माग


प्रकाशित मिति : कार्तिक १२, २०७४ आईतबार

कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म बूढानीलकण्ठ नारायणस्थानमा लाग्ने मेलामा यहाँको महत्व बुझाउन श्रीमद्भागवत महापुराण शुरु गरिएको छ ।

हरिबोधिनी एकादशीदेखि पाँच दिनसम्म यहाँ विशेष मेला लाग्ने गरेको छ । हरि र हर दुवैको स्वरुप रहेको बूढानीलकण्ठको माहात्म्य सुनाउन आजदेखि आयोजना गरिएको भागवतको उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले बूढानीलकण्ठ क्षेत्रलाई विश्व सम्पदासूचीमा सूचीकृत गराउन पहल गरिने बताउनुभयो ।

“धेरै नेपालीको मनमा हिन्दूराष्ट्र कायम हुनुपर्छ भन्ने भावना छ तर विविध कारणले धेरैले मुख खोल्न सकेका छैनन्, यो भावना बेलाबेलामा जति लुकाए पनि प्रकट हुने गरेको छ, संविधानका लागि सुझाव लिनुअघि यो भावना सार्वजनिक भएको थियो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल, मूल आयोजक समितिका अध्यक्ष एवं बूढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष जयराम थापा, बूढानीलकण्ठ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सकुल शाह, बूढानीलकण्ठ सनातन धर्म सेवा समाजका अध्यक्ष विकास तामाङ, सचिव केशव पण्डितलगायतले विश्वमै अन्त कतै नभएको ढुंगामा कुँदिएको हरि र हरको मूर्ति भएको क्षेत्रलाई विश्वसम्पदा सूचीमा राख्न सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यही कात्तिक १८ गतेसम्म सञ्चालन हुने भागवत कथामा बाल व्यास नारायणप्रसाद देवकोटाले कथा वाचन गर्नुहुनेछ । भागवतबाट संकलन भएको रकम बूढानीलकण्ठ मन्दिरको जीर्णोद्धारमा खर्च गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com