चीनले बनायो १ खर्ब २० अर्बमा यस्तो पार्क, जहाँ एलियन भेट्न पाइन्छ ! (फोटो फिचरसहित)


प्रकाशित मिति : कार्तिक १२, २०७४ आईतबार

एलियनसँग भेट्ने वा ड्रागनसँग लड्ने चाहना छ भने तपाइँ चीनको यो पार्क जान सक्नुहुन्छ ।

चीनको ग्वेझोउ इलाकामा एक थीम पार्क बनाइएको छ । आगामी डिसेम्बरमा यो पार्कको निर्माण पूरा हुनेछ । यो पार्कको विशेषता के भने यहाँका सबै चिज वास्तविक जस्ता लाग्दछन् । अर्थात् तपाइँ छुट्टै संसारमा पुगेजस्तो अनुभव गर्नुहुनेछ । कहीँ एलियन घुमिरहेका हुनेछन् त कहिले तपाइँको अगाडि ड्रागन खडा हुनेछ ।

चीनको प्रसिद्ध एनिमेसन कम्पनी ओरिएन्टल टाइम्स मिडिया कर्पोरेसनले यो पार्कको निर्माण गरेको हो । यो भर्चुअल रियालिटी प्रविधिमा बनाइएको छ । तपाइँ जब पार्कभित्र छिर्नुहुनेछ तपाईंलाई सबैखाले भर्चुअल रियालिटी ग्याजेटहरु लगाउन दिइनेछ । अनि तपाईंसामु हुनेछ एक छुट्टै संसार ।

यो पार्कको आधाभन्दा धेरै काम सकिएको छ । डिसेम्बरमा यो सर्वसाधारणका लागि खुल्ला हुनेछ । यो पार्क बनाउनमा १ खर्ब २० अर्ब रुपैयाँभन्दा धेरै खर्च लागेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पार्कको बीचमा १७४ फिट अग्लो फिल्म प्रदर्शन गर्ने ट्रान्सर्फमर मेसिन जडान गरिएको छ, ताकि टाढैबाट देखेर बच्चाबच्चीहरु आकर्षित होउन् ।

३ सय २० एक्कड क्षेत्रफलमा बनेको यो पार्कमा अलग अलग ब्लक छन् । कतै तपाइँले अन्तरीक्षको यात्रा गर्नुहुनेछ त कतै ड्रागनसँग युद्ध ।

Source : Onlinekhabar

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com