‘परमाणु शक्ति सम्पन्न स्वीकार्य हुँदैन’


प्रकाशित मिति : कार्तिक ११, २०७४ शनिबार

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो मुलुकले परमाणु शक्ति सम्पन्न उत्तर कोरिया कहिल्यै स्वीकार नगर्ने बताएका छन्।

सोलमा दक्षिण कोरियाका अधिकारीहरुसँगको भेटवार्तापछि जनरल म्याटिस बोल्दै थिए।

उनले प्योङपाङका परमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमले उसको सुरक्षालाई बलियो नभई कमजोर तुल्याउने दाबी समेत गरे।

रक्षामन्त्री म्याटिसले उत्तर कोरियाली संकटको वाशिङटनले कूटनीतिक हल खोजेको दोहोर्‍याए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक पाइला पनि पछि हट्दैनौँ: उत्तर कोरिया

‘कसैसँग नहार्ने परमाणु शक्ति सम्पन्न देश’

के किम जङ-अन विदेश भ्रमणमा जान डराउँछन्?

चेतावनी

तर राष्ट्रपति डोनल्ड ट्रम्पसँग स्वर मिलाउँदै म्याटिसले अमेरिका वा उसका साझेदार मुलुकविरुद्ध पारमाणु अस्त्रको प्रयोग गरिए त्यसको ‘व्यापक रुपमा’ र ‘कडा’ सैनिक जवाफ दिइने बताए।

एक हप्ताअघि मात्रै एकजना उत्तर कोरियाकी कूटनीतिज्ञ च्वे सन-हीले उत्तर कोरियालाई परमाणु शक्ति सम्पन्न राष्ट्रका रुपमा स्वीकार्न अमेरिका ‘तयार हुनुपर्ने’ बताएकी थिइन्।

कोरिया

प्योङयाङको परमाणु अस्त्र कार्यक्रमबारे वार्ता गर्न नसकिने बताउँदै उनले भनेकी थिइन्, “कोरियाली प्रायद्वीपमा शान्ति सुनिश्चित गर्नका निम्ति यो एकमात्र विकल्प हो।”

उत्तर कोरियाले यसअघि नै अमेरिकाको जुनसुकै स्थान आफ्नो क्षेप्यास्त्रको पहुँचमा रहेको बताइसकेको छ।

उत्तर कोरियाबारे जान्नुपर्ने ९ कुरा

प्रतिबन्ध

उत्तर कोरियाली अधिकारीहरुले “परमाणु अस्त्र उत्तर कोरियाका लागि जीवन र मृत्युको विषय” भएको बताउँदै आएका छन्।

यसै वर्षको शुरुदेखि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणमा तीव्रता दिएपछि प्योङयाङविरुद्धको आर्थिक प्रतिबन्ध पनि बढाइंदै लगिएको छ।

सुरक्षा परिषद् र अमेरिका लगायतका मुलुकको प्रतिबन्धका बावजुद उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ।

हालैका महिनामा उत्तर कोरियाले छैटौं पारमाणविक परीक्षण गरेर र जापानी आकाशमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिका र जापानसहितका मुलुकहरु उत्तर कोरियासँग क्रुद्ध छन्।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com